काठमाडौं– नन्दप्रसाद अधिकारीको मृत्यु भएको तीन वर्ष पूरा भएको दिनमा राष्ट्रिय मानवअधिकार आयोगले दण्डहिनताको अन्त्यको लागि आग्रह गरेको छ।
आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी गरिएको विज्ञप्तीमा अधिकारीको शवले आफ्नो धर्म संस्कृतिअनुसार अन्त्येष्टि हुन पाउने अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ।
‘न्याय प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो’, विज्ञप्तीमा भनिएको छ, ‘तर कृष्णप्रसादको हत्या सम्बन्धमा तत्काल न्याय निरुपणमा सरकार उदासिन रहँदै आएको हुँदा पीडितले न्याय प्राप्त गर्न नसकिएको देखिएको छ।’
छोरा कृष्ण प्रसाद अधिकारीको हत्या विरुद्ध न्यायका लागि आमरण अनसनमा बसेका ३३४ दिनको लामो अनसनकै क्रममा शिक्षण अस्पतालमा २०७१ असोज ६ गते मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।