काठमाडौं– नेकपा माओवादीको देशभक्त जनवादी मोर्चाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय लिएको छ।
मोर्चाको केन्द्रीय सचिवालयको बैठक असोज ५ गते बसेको थियो। बैठका निर्णयहरुलाई आज विज्ञप्ती मार्फत सार्वजनिक गर्दै मोर्चाले निर्वाचनलाई उपयोग गर्दै क्रान्तिकारी हस्तक्षेपलाई अघि बढाउने र जनताको शक्ति संचय गर्ने देजमोको अभियानमा सघाउन अपिल समेत गरेको छ।
‘नेपाली राजनीतिमा यतिखेर प्रतिक्रान्तिले एउटा चरण पुरा गरेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘प्रतिकृयावादी शक्तिहरु हावी देखिएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।