लहान- सिरहाको सुखीपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेले माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै जित हात पारेको हो।
नगर प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी हुनुभएको हो । यादवले ६ हजार १११ प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गरेका छन्।
यस्तै, उपप्रमुखमा एमालेकै साह ६ हजार ८६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीपनारायण यादवले तीन हजार ३५४ मत ल्याएका छन्।
यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजय हासिल गरेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।