जनकपुर- धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन्।
मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।