• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २६, २०७६  १४:०४
1140x725

सोल- सङ्नामदोङस्थित नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा एक जना कोरियाली पाहुना ढोका धकेल्दै खुसी मुद्रामा भित्र छिरे। रेष्टुरेन्टको चारैतिर नियाले। ती कोरियाली पाहुनाले भने, ‘लोकेन साहुजी बधाई छ, हामीबाट कुनै सहयोग आवश्यक परे सम्झनु होला।’

कोरियाली ग्राहक त उनको रेष्टुरेन्टमा दैनिकजसो आइरहन्छन् तर ती ग्राहक अन्य पाहुनाभन्दा लोकेन्द्र सुवेदीका लागि विशेष थिए।

ती कोरियाली ग्राहक किम दोङ इल, जसलाई सुवेदीले आजभन्दा ११ वर्षअघि कोरियामा कम्पनी प्रवेश गर्दा पहिलो पटक भेटेका थिए। सुवेदी कामदारका रुपमा कोरिया प्रवेश गरेका थिए। उनलाई बोलाएका थिए, उनै किम दोङ इलले। रोजगारदातालाई सुवेदीले साठी डिग्री झुकेर इन्सा (ढोग) गरेका थिए।

कोरियाको राजधानी सोलदेखि ४ सय किमी दक्षिणी क्षेत्रमा पर्ने उल्सानस्थित कार्पेट बनाउने कम्पनी सञ्चालन गरिरहेका किमले नेपालमा अवसरको खोजीमा भौंतारिएको एक २३ वर्षीया ठिटो सुवेदीलाई त्यतिबेला श्रमिकको रुपमा आफ्नो कम्पनीमा ल्याएका थिए।

सुवेदीले उनैको कम्पनीमा ८ वर्षसम्म निरन्तर काम गरे। कडा मिहिनेत गरे, दिनरात काम गरे। सुरुसुरुमा काम नजान्दा उनै रोजगारदाता  किमको मुखबाट धेरै पटक सुवेदीले गाली पनि खानुपरेको थियो।

कोरियामा काम नजान्दा वा रिसाउँदा धेरै प्रयोग गरिने शब्द सेक्या (कुकुरको बच्चा) उनले धेरै पटक सुने। मेसिनसँग अभ्यस्त नभएका सुवेदीलाई हातमा काम आउन गाह्रो भयो। किमले पनि सुवेदीलाई सुरुसुरुमा सेक्या शब्द प्रयोग गरेर धेरै हप्काएर काममा लगाएको सम्झिन्छन् उनी।

'हिजो जसले सेक्या, पाल्ली हे (कुकुरको बच्चा, छिटो छिटो काम गर) भन्दै काममा लगाउँथ्यो आज उसैको मुखबाट साजाङ निम (साहु जी) सुन्न पाउनु एउटा निम्नवर्गीय परिवारबाट संघर्ष गर्दै यहाँ पुगेको मान्छेका लागि गर्वको कुरा थियो,' सुवेदीले विगत सम्झिए ।

उनी आजभन्दा ११ वर्षअघि विराटनगरस्थित रिलायन्स स्प्रिङ मिलमा काम गर्दै आफ्नो स्नातक तहको पढाइलाई निरन्तरता दिइरहेका थिए। एक दिन कार्यालयमा पत्रिका पढ्दै गर्दा साठी हजार तलब सुविधा भएको गजबको रोजगारी गन्तव्य कोरिया रहेको भन्ने खबर पढे।

Ncell 2
Ncell 2
nimb
nimb

सानातिना काम गर्दै अध्ययनलाई निरन्तरता दिइरहेका लोकेन्द्रको पढाइ सकाएर केही व्यवसाय गर्ने सपना त थियो तर लगानी गर्न आर्थिक हैसियत थिएन। चार हजारको जागिर गर्दै अध्ययन गरिरहेको ठिटो ६० हजार तलब पाइने अवसर भनेपछि भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया हानिएको थियो।

सुरुमा कोरिया ३ वर्ष बस्ने, अलिकति लगानी गर्नको लागि पैसा जम्मा गरेर आफ्नै देश फर्केर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सपना लोकेन्द्रको थियो। उनले तीन वर्षपछि परिवारसँग सोही प्रस्ताव सुनाए पनि नेपालमा लगानीको सुरक्षा नभएकाले केही वर्ष कोरियामैं बस्न परिवारले सुझायो।

तीन वर्ष, पाँच वर्ष, आठ वर्ष हुँदै दस वर्षसम्म सुवेदीले कोरियामा श्रमिकको रुपमा काम गरे। अब केही व्यवसाय गर्न सक्ने आँट उनको आर्थिक पाटोले पनि दिइरहेको थियो। तर नेपालमा व्यवसाय गर्न वातावरण राम्रो नभएको भन्दै उनका आफन्तले सकारात्मक प्रतिक्रिया दिएनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्त्यमा एक कोरियाली र एक नेपाली व्यवसायीको साझेदारीमा सञ्चालनमा रहेको नेपाली ‘नमस्कार  रेष्टुरेन्ट’ लोकेन्द्र साझेदार बनेर आफैंले एक वर्षदेखि सञ्चालन गरिरहेका छन्। दुई जना साझेदार नेपालमा कृषि, शिक्षा र ढुवानी व्यवसाय गरिरहेका छन् भने लोकेन्द्रले कोरियामैं रेष्टुरेन्ट व्यवसाय गरिरहेका छन्।

सुरुमा श्रमिकको रुपमा काम गर्न कोरिया आएका लोकेन्द्र अहिले कोरियामैं साहुजी बनेका छन्। लोकेन्द्रको उल्सान क्षेत्रमै रहेको अर्को रेष्टुरेन्टमा पनि साझेदारी छ। उनका दुई वटा रेष्टुरेन्टमा गर्ने ११ जना कामदार छन्। वर्षौँको मिहिनेतले आफ्नै व्यवसाय गर्न पाउँदा आफूखुसी रहेको लोकेन्द्र बताउँछन्।

श्रमिकको रुपमा कम्पनीमा काम गर्दा शारीरिक थकान बाहेक मानसिक दबाब नहुने तर आफ्नै व्यवसाय गर्दा मानसिक थकान भने अलि बढी हुने अनुभव उनले सुनाए। उनी ठट्टा गर्दै  भन्छन्, ‘पहिला घडीको सुई हेरेर काम गरिन्थ्यो, घडीको सुई छिटोछिटो दौडिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, अहिले आफ्नै व्यवसायमा चाहिँ यो घडीको सुई अलि विस्तारै घुमोस् जस्तो लाग्छ।’

सुवेदीले रेष्टुरेन्ट व्यवसायबाट सन्तुष्ट रहेको बताए। नेपालमा अर्काको काम गरे पनि थोरैधेरै व्यवसायीका समस्या नियाल्ने अवसर पाएका सुवेदी नेपालमा व्यवसाय गरेर हुने नाफा-घाटाको भन्दा पनि लगानीको सुरक्षा गर्नै समस्या पर्ने बताउँछन्।

नेपालमा लगानीको र लगानीकर्ताको सुरक्षाको ग्यारेन्टी सरकारले व्यावहारिक रुपमै लिने वातावरण भएमा अहिले पनि सानोतिनो उत्पादनमूलक व्यवसाय आफ्नै देशमा गर्ने सोच रहेको सुवेदीले बताए। उनी थप्छन्, ‘नेपालमा व्यवसाय गरिरहनु भएकाहरुले चन्दा आतङ्क, राजनीतिक दबाब र अस्वस्थ प्रतिस्पर्धा जस्ता यावत् समस्याका कारण फेरि विदेश पलायन भइरहेको देखेर हात हाल्न आँट आएन। हामी विदेशमा रहेका नेपालीहरु आफ्नै देशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न इच्छुक छौँ तर यति दु:ख अनि मिहिनेत  गरेर जम्मा गरेको लगानीको सुरक्षा हुनेमा विस्वस्त छैनौँ।’

सुवेदी अहिले श्रीमती र एक छोरीसहित कोरियामा श्रमिकबाट व्यवसायी बनेर रमाइरहेका छन्। विभिन्न संस्थामा आवद्ध रहेका उनी सामाजिक सेवामा पनि सक्रिय छन्। उनी यहाँका नेपालीहरुलाई भैपरी आउने समस्यामा सहयोग गर्दै आएका छन्।

भाषामा कमजोर नेपालीहरुका लागि अस्पतालमा दोभाषेको काम गरिदिने, प्रहरी चौकीमा दोभाषेको काम गरेर पनि सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्