• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओली किन गर्छन् आफ्नै बखान?

64x64
किशोर दहाल बिहीबार, मंसिर २६, २०७६  १२:५९
1140x725

काठमाडौं- 'गौरिकालाई बताउन चाहन्छु- म पनि एउटा स्विमर हो। म पनि बगेका खोलाहरु, ठूल्ठूला खोलाहरु पुलबाट तर्ने, डुंगाबाट तर्ने होइन। खोलैबाट तरिदिन्थें। विभिन्न खेलहरु, हाम्रो समयमा स्विमिङ पुलहरु चाहिँदैनथ्यो। स्विमिङ पुल होइन, खोलैमा चल्थ्यो काम। खोलासँग राम्रो जानपहिचान भइसक्याथ्यो। त्यसकारण बगाउँदैनथ्यो। धेरैपल्ट म बग्दाबग्दै बगाउनबाट जोगिएको छु किनभने पौडी खेल्न जानेको हुनाले, सिकेको हुनाले।'

१३औं सागमा चार स्वर्ण जितेकी गौरिका सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको बखान हो, माथिको अनुच्छेद। सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खुसीयाली साटासाट गरे। पुरस्कार राशी घोषणा गरे। सोही क्रममा उनले आफू पनि स्विमर भएको बताएका हुन्।

'मैले हरेक पटक अनुमान गरेको छु, अनुभव गरेको छु- जित्छु भन्यो भने जितिन्छ। खोलाले बगाउनै खोज्छ। बगाउनै खोजेका बेला बग्न नमान्ने, म जित्छु, पारि नै उत्रिन्छु भनेर गएपछि असाधारण खोलाहरुमा, असम्भव लाग्ने ठाउँहरुमा तरिन्छ', ओलीले अगाडि भने, 'खोला त तरिन्छ भने नेपालमा आधुनिक स्विमिङ पुल छ।'

प्रधानमन्त्री ओलीमा एउटा रोचक बानी छ, जुन बेलाबखत पुनरावृत भइरहेको हुन्छ। त्यो हो, आफ्नो बखान। मन्त्रिपरिषद् बैठक, पार्टीका आन्तरिक बैठक तथा प्रधानमन्त्री निवास बालुवाटारमा हुने औपचारिक वा अनौपचारिक छलफलमा सहभागीहरुमध्ये प्रायको उस्तै गुनासो हुने गर्छ- ‘ओली आफ्ना कुरा धेरै भन्छन्, अरु कम सुन्छन्।‘

आफ्नो कुरा भन्ने क्रममा प्रधानमन्त्री आफ्नो बखान गर्छन्। आफ्नै महिमागान गर्छन्। जे विषयमा कुरा भइरहेको हो, प्रधानमन्त्री ओली आफूलाई पनि त्यही अनुसार वर्णन् गर्छन्। यस्तो प्रवृत्तिमा आन्तरिक छलफलमा मात्रै होइन, उनका भाषणहरुमा पनि देखिन्छ। यसपटक प्रधानमन्त्री हुँदा मात्रै होइन, पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनले त्यस्तो प्रवृत्ति देखाएका थिए। 

ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला मधेस केन्द्रित दलहरु आन्दोलनमा थिए। वार्ता र भेटघाटको प्रयास पनि चलिरहेको थियो। यसै सन्दर्भमा ०७३ को जेठ अन्तिम साता ओलीले तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटार बोलाए।

पत्रकार बसन्त बस्नेतको पुस्तक ’७२ को विस्मय’मा यस प्रसंगबारे उल्लेख छ। उनीहरुले केही बेर मैथिलीमा कुरा गरे। उनीहरुबीच बालुवाटारमा झन्डै एक घण्टा कुरा भयो। ठाकुर भर्खरै दिल्लीबाट फर्किएकाले त्यसम्बन्धी पनि जिज्ञासा राखे, ओलीले। ठाकुरले अब विषयमै कुरा गरौं न त भनेपछि ओलीले केही बेर आफ्नो पृष्ठभूमि सुनाएका थिए।

पृष्ठभूमिबारे ठाकुरले बस्नेतलाई बताएका छन्- ‘उहाँले बोलाउनुभयो, तर खास राजनीतिक कुरा उठाउनुभएन। व्यक्तिगत चर्चा गर्नुभयो। आफू कुमाउ, गढवाल हुँदै कताबाट हो, पुर्खाहरु आएर तेह्रथुम गएको, त्यहाँबाट ५५ वर्ष झापामा बसेको कुरा गर्नुभयो। मैले बीचैमा रोक्दै ‘राजनीतिक कुरा नगर्ने हो भने यथास्थितिमा वार्ता र समझदारी हुँदैन’ भनें। मधेसमा किन असन्तोष छ, आन्दोलन छ भन्ने जरोमा पुग्न बताएँ। अहिले ती आन्दोलन उचाइमा नहोलान्, सामान्य होलान्। तर तपाईंहामी ससाना आन्दोलनलाई उठाएर आएका नेता भएको हुनाले साना खालका देखिने आन्दोलनलाई उपेक्षा नगर्न आग्रह गरें। एकैचोटिमा परिवर्तन नहुने भन्दै जबसम्म असन्तोष भइरहन्छ, संघर्ष चलिरहन्छ भनेर तर्क राखें। उहाँले ठीकै छ, म बीचमा फेरि तपाईंसँग कुरा गरौंला भन्नुभयो। कुरा त्यति भएको हो।‘

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, गत वर्ष नेपाल औषधि उत्पादक संघका पदाधिकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गए। उनीहरुले स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्न सरकारले सहयोग गर्नुपर्नेमा प्रधानमन्त्रीलाई अनुरोध गरे। त्यसैक्रममा उनीहरुले नेपालमा औषधि उत्पादनको अवस्था, गुणस्तर, प्रविधिका विषयमा बताए। साथै, नेपाल कसरी औषधिमा आत्मनिर्भर हुनसक्छ भन्ने विषयमा प्रधानमन्त्रीलाई अवगत गराए।

पदाधिकारीको ब्रिफिङपछि प्रधानमन्त्रीले बोले। सुरुमा उनले पदाधिकारी सो क्रममा प्रधानमन्त्रीले नेपाली औषधिबाट कुरा सुरु गरे। तर त्यतिमै अल्झिएनन्। उनले नेपाली जडिबुटीका विषयमा पदाधिकारीलाई झन्डै एक घण्टा कक्षा लिए। त्यसक्रममा उनले नेपाल जडिबुटीको खानी भएको बताए। 'यहाँ अनेक कन्दमुल, पाँच औंले, सिलाजित पाइन्छ', प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सहभागीले भने, 'अन्त कहाँ पाइन्छ?'

ओलीले नेपालमा उत्पादित आयुर्वेदिक औषधिको विश्वव्यापी सम्भाव्यता समेत देखाए।

प्रधानमन्त्री ओलीले गायक शिशिर योगीलाई समेत पाठ पढाएका छन्। गत असोज १४ गते नेकपा नेता शान्ता चौधरी भगवती न्यौपानेको गीत विमोचनको क्रममा गायक योगीले 'यो देशमा म एउटा मानिस खोजिरहेको छु' भन्ने गीत गाए। प्रधानमन्त्री ओलीलाई पुगिहाल्यो। भने– ‘शान्ता चौधरीले यी सबै काम गर्न छाडेर म एउटा मान्छे खोजिरहेछु भन्दै हिडिरहेको भए कोही भेटिँदैनथ्यो। आफैं त्यही मान्छे बन्न खोज्नुभयो। कमलरीबाट आज शासन गरिरहेको पार्टीको संसदीय दलको सचेतक हुनुहुन्छ। म पनि मान्छे खोज्न थालिनँ, देश मैले नै बनाउने हो भनेर लागें।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भाषणहरुमा उनले आफूलाई किसानदेखि जोगीसम्म भन्न भ्याइसकेका छन्। चर्चामा नआएका अरु पनि व्यक्तित्वको विषयमा उनले आफूलाई प्रस्तुत गरेको हुनसक्छ।

असोज ८ मा नेकपा निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई ओलीले ललितपुरको धोबीघाटमा सम्बोधन गरे। किसान महासंघको कार्यक्रममा ओलीले आफूलाई किसानको रंग दिने प्रयास गरे। ‘म आफैं हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ’, उनले भने।

अघिल्लो वर्ष भदौमा झापाको गौरादह नगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गर्‍यो। त्यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई राजनीतिक जोगी भएको बताए। ‘मलाई कमाउनु छैन। मौका पाएको छु काम गरेर देखाउँछु। जोगीलाई कमाउने धन्दा हुँदैन। म पनि राजनीतिक जोगी हुँ’, उनले भने।

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध बनाउने अभियानमा म लागिपरेको बताए। 'मैले ढाँट छलको राजनीति गर्नु परेको छैन, गर्दिनँ’, उनले भने।

सत्तामा हुँदा मात्रै होइन, सत्तान्मुख हुँदा पनि ओलीको बानी उस्तै थियो।

०७४ सालको निर्वाचनबाट ठूलो पार्टी बनेपछि पुसमा ओलीले आफू हलो जोतेर हुर्किएको बताए। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती कार्यक्रमलाई ललितपुरको भैँसेपाटीमा सम्बोधन गर्दै ओलीले आफूलाई दम्भ र रवाफ देखाउनु जरुरी नभएको बताए। ‘म गाई भैँसी चराएर हुर्किएको मान्छे। मैले शासकीय स्वभाव बोकेको पनि छैन, म शासक होइन, सेवक भएको मान्छे हो', उनले भने, 'मैले कहीँ कसैलाई दम्भ देखाउन आवश्यक छैन। हलो जोतेको बाबुको छोरो हुँ, मैले पनि हलो नै जोतेको हुँ।'

प्रधानमन्त्रीको यस किसिमका बानीबारे उनी निकटका मानिसहरु पनि चर्चा गर्छन्। केहीअघि एक जना सल्लाहकारले केही पत्रकारहरुसँगको अनौपचारिक छलफलमा भनेका थिए– 'जो भेट्न गए पनि पढाइदिने बानी छ, प्रधानमन्त्रीको। अस्ति इन्जिनियर भेट्न आएका बेला त पढाइदिनुभयो।'

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्