• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

३ वर्षभित्र सकिँदै लुम्बिनी गुरुयोजना

64x64
नेपाल लाइभ बुधबार, मंसिर २५, २०७६  १३:२९
1140x725

लुम्बिनी- ४१ वर्षअघि बनेको लुम्बिनी गुरुयोजनालाई ३ वर्षभित्र सक्नेगरी कामलाई तीव्रता दिने भएको छ। जापानी वास्तुकलाविद् प्रोफेसर डा केन्जो टाँगेले बनाएको गुरुयोजनाको हालसम्म ८२ प्रतिशत काम सकिएको छ। 

कोषका सदस्य–सचिव सरोज भट्टराईले आगामी ३ वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए। गुरुयोजना निर्माण भएको चार दशकपछि लुम्बिनीले आफूलाई सुन्दर र दरिलो पर्यटकीय गन्तव्य बनाउँदै लगेको छ। गुरुयोजनाअन्तर्गतका निर्माणका अधिकांश ठूला काम अन्तिम चरणमा पुगेर लुम्बिनी क्षेत्रमा यतिखेर सौन्दर्यकरणको काम चलिरहेको छ। 

विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ विगाहा क्षेत्रफल ओगटेको छ। 

संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उ थान्तले सन् १९६७ अप्रिल १३ मा गरेको भ्रमणलाई लुम्बिनीको योजनाबद्ध विकासको ‘कोसेढुंगा’ मानिन्छ। भ्रमणका क्रममा अस्तव्यस्त अवस्थामा लुम्बिनी देखेपछि उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए। उनले गरेको प्रस्तावलाई सरकारले स्वीकार गर्दै सन् १९७२ मा जापानी वास्तुविद् प्रा.केन्जो टाँगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए। उनले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो। 

लुम्बिनीको तीन वर्गमाईल जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरिएको छ। उत्तरतपर्mको एक वर्गमाईल क्षेत्रलाई लुम्बिनीग्राम, अर्को एक वर्ग माईलको भूखण्डलाई शैक्षिक, साँस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ। बाँकी एक वर्ग माईलको दक्षिण तपर्mको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ। बुद्धले पहिलो पाईला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ। यहाँ लुम्बिनीकै आकर्षण मायादेवि मन्दिर, अशोक स्तम्भ लगायतका संरचना छन्। कोषले गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्राजस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने कोषको दाबी छ। ८२ प्रतिशत काम सकिएसँग अहिले पनि लुम्बिनी स्वर्गको एक टुक्राजस्तै देखिन थालेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

३ वर्षभित्र गुरुयोजना पुरा हुँदा सौन्दर्यीकरणका कामसमेत सकेर लुम्बिनीलाई संसारकै पवित्र र नमुना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए। ‘बौद्ध धर्मावलम्बीका साथै आम मानिसका लागि लुम्बिनी एक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो,’ उनले भने, ‘विश्वका बुद्ध अनुयायीहरू एकपटक जसरी पनि लुम्बिनी पुग्नुपर्छ भन्ने मान्यता राख्छन्, हामीले यो कुरालाई ध्यानमा राखेर लुम्बिनीलाई स्वर्गको एक टुक्राजस्तै बनाउने प्रयत्नमा जुटेका छौं।’ 

ठूला आयोजना निर्माण धमाधम  

सदस्य सचिव भट्टराईले लुम्बिनीमा ठूला आयोजना निर्माणको काम धमाधम अघि बढेको बताए। उनका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। लुम्बिनीमा ५ हजार अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भईरहेको छ। लुम्बिनीमा हुने बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण हुँदै छ। केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको कोषको भनाइ छ। पहिलो चरणको काम तीव्र गतिमा भईरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ। बुद्ध जयन्तीसम्म पहिलो चरणको काम सम्पन्न गर्ने उद्देश्यअनुरुप अहिले २÷३ सिफ्टमा काम भईरहेको छ। ८ हजार ५ सय वर्गफिटमा निर्माण भईरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा निर्माण हँुदै छ। दोश्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरण लगायतको कामका लागि डिजाईन तयार हुँदै गरेको कोष सदस्य–सचिव भट्टराईको भनाइ छ। 

त्यस्तै लुम्बिनीको अर्को महत्वपूर्ण ठूलो आयोजना हो व्यवस्थित बिजुली व्यवस्थापन। गुरुयोजनाभित्रका सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्नेगरी अगाडि बढेको कोषले जनाएको छ। हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ। यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ। त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केवल लाग्नेछ।  उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ। लुम्बिनीभित्र ५ सय ८० वटा सोलार, मायादेवी मन्दिर वरिपरी ३ सय ३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ। त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ। यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बांगिएका, खिइएका तार, पोल सबै हट्ने छन्। बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदै छ।  

गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाईबर भूमिगतरुपमा बिच्छयाउने तथा डाटा सेन्टर राख्ने काम पनि तीव्र रुपमा अगाडि बढेको छ। लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउनका लागि १ सय ७५ वटा अत्याधुनिक सिसिटिभि क्यामेरा जडान अन्तिम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले उल्लेख गरे। गुरुयोजनाका ४ वटा विभिन्न स्थानमा ठूलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको उनले बताए। लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउने सकिने गरी प्रविधि जडानको काम सुरु भएको छ। त्यसका लागि डाटा किन्ने प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ। ९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार छ। 

लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि १ लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ। २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन।

गुरुयोजनाअन्तर्गत पवित्र उद्यानका ४ वटा गोलाई पोखरी निर्माणको काम सकिएको छ। ४२ वटा प्लट निर्माण गरी केहीमा बगैंचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ। लुम्बिनीमा क्यानल तथा पोखरी निर्माणको काम सकिएको छ। सौन्दर्यकरणको काम तीव्र रुपमा भईरहेको छ। ३ जोडी सिम्बोलिक पेभिलियन, केन्द्रीय नहरको दुवैतर्फ दुवो सहितको बगैंचा निर्माणको काम पनि सकिएको छ। सांस्कृतिक क्षेत्रमा संग्रहालय तथा पुस्तकालयका भवन २ वटा, कार्यालय भवन र सूचना केन्द्र भवनको निर्माण पनि सकिएको छ। यी संरचना पनि ठूलो आयोजनाको रुपमा लिईएको छ। विभिन्न पहुँच मार्गहरू कालोपत्रे तथा ट्रयाक खोल्ने कार्य सकिएको छ भने पुर्वी र पश्चिमी बिहार क्षेत्र, होटललगायतका निर्माण कार्य सम्पन्न भएको कोषका सदस्य सचिव भट्टराईले जानकारी दिए। 

प्राथमिकतामा पवित्र उद्यान क्षेत्र 

गुरुयोजनामा सबैभन्दा प्राथमिकता पाएको पवित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ। यो पोखरीलाई सर्कुलर लेबी भनिएको छ। वरिपरि निलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना गरिएको छ। गोलाकार पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पूरातात्विक महत्वका भग्नावशेष, प्राचीन लुम्बिनीग्रामका अवशेषमात्र छन्। 

यहाँ कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाईएको छ। उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्न बाट रोक्नका लागि गोलाकार नहरहरू बनाईएको छ। पवित्र क्षेत्रलाई विश्व आरक्षण समाजको १ देखि ६ डिसेम्बर १९९७ को सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। यहाँ रहेका ४१ वटा उद्यानका प्लटमध्ये ३ वटा प्लटमात्र तयार भएका छन्। बाँकी सबै प्लटलाई यसै वर्षदेखि सौन्दर्यीकरण गर्ने योजना छ। पवित्र उद्यान क्षेत्रमा गुरुयोजनाअनुसार निर्माण गर्ने ठूला संरचना करिब सम्पन्न भएका छन्। 

उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ। पोखरीलाई अहिलेको तुलनामा दोब्बर बढाएर घाँस तथा झारहरू उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुवो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएको छ। पोखरीका विभिन्न ५ स्थानमा पानीका रंगिन फोहोरा बनाउने योजनासमेत रहेको उपाध्यक्ष भिक्षु मेत्तेयले बताए।  

घुम्नलायक आकर्षक बिहार क्षेत्र

पवित्र उद्यान क्षेत्रबाट उत्तरतपर्m रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ। यहाँ विभिन्न मुलुकले निर्माण गरेका बौद्ध गुम्बा र विहार छन्। यो दुई क्षेत्रलाई शान्ति दीपबाट सुरु भएको केन्द्रीय नहरले दुई अलग–अलग भागमा छुट्टाएको छ। 

यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तुप तथा ध्यान केन्द्र निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लट छुट्टाईएको छ। त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ। 

जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरवादी बौद्ध सम्प्रदायका १३ वटा मुलुकमध्ये नेपाललगायत ७ वटा मुलुकका आकर्षक विहार निर्माण भइसकेका छन्। पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरू बनाइसकेका छन्। तीमध्ये केही निर्माणाधीन छन्। बाँकी मुलुकले निर्माणको काम थालेका छैनन्।  

पूर्वतर्फ श्रीलंका, बर्मा, थाइल्याण्ड, कम्वोडिया, क्यानडा, लगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनामलगायतका मुलुकले विहार बनाएका छन्। अमेरिका लगायतका केही मुलुकले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ। 

बौद्धदर्शन, उपदेश र विश्रामको केन्द्र लुम्बिनीग्राम

लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन वटा क्षेत्रहरू बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरी भौतिक एवं वातावरणीय  रुपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन्। योजनाबद्ध रुपमा विकास भइरहेको  तीन वर्ग माईलमध्येको उत्तर तपर्mको एक वर्ग माईल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ।  

गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजना समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बुहत गुरुयोजनामा समावेश गरिएको छ। तीर्थयात्री तथा पर्यटकलाई  आवश्यक भौतिक सुविधा पु¥याउने संरचना यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ। 

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचना बनेर सञ्चालनमा आइसकेका छन् यद्यपि थुप्रै  महत्वपूर्ण संरचना बन्न बाँकी छन्। गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो।  

एक सय बेडको सबै सुविधायुक्त विलासी होटल, एक सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चार वटा क्याम्पिङ निर्माण गर्ने योजना बनाएको थियो। जसमध्ये तीन स्तरका होटल सञ्चालनमा छन् भने क्याम्पिङ् निर्माणको काम बाँकी छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड
सम्बन्धित सामग्री
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क आज (शनिबार) बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवर... शनिबार, जेठ २३, २०८३
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोज... शनिबार, जेठ २३, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित हिमा... शनिबार, जेठ २३, २०८३
ताजा समाचारसबै
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड शनिबार, जेठ २३, २०८३
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले शनिबार, जेठ २३, २०८३
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्