• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

हाइब्रिड कारमा हडबडाएको सरकार!

भदौ ५ अघि एलसी खालेकाले दुवैमा छुट पाउने, हाइब्रिडको स्पष्ट ब्याख्या
64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १०:५९
1140x725

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्ने र वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुसार हाइब्रिड कारको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्‍यो। आर्थिक ऐन २०७६ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। 

सरकारले हाइब्रिड कारको अध्ययन र परिभाषा यकिन नगरिकनै भन्सार र अन्तःशुल्कमा कार आयात गर्दा लाग्ने महसुलमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। जसका कारण सबै प्रकारका हाइब्रिड कार आयात गर्न पाइने भन्ने बुझाइ व्यवसायीहरुमा पर्‍यो, जुन स्वभाविक पनि हो। 

आर्थिक ऐन २०७६ को सुरु व्यवस्था
सरकारले आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐनमार्फत पहिलोपटक हाइब्रिड गाडीमा कर छुटको सुविधा दिएको हो। विगतमा पनि एक/दुईवटा हाइब्रिड कार नेपाल आएको थिए। तर ती कार साविक भन्सार तथा अन्तःशुल्कमै आएका थिए। 

चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुनेछ,’ उल्लेख गरिएको थियो।

यसैगरी ‘कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुबै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसीप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुबै भएका सवारी साधनमा पचास प्रतिशत अन्तःशुल्क छुट हुनेछ, भनि लेखिएको थियो। यही कानुनमा रहेर हाइब्रिड कार आयात समेत सुरु भयो। 

सुजुकीका हाइब्रिड कार विवाद
मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले हाइब्रिड कारमा सरकारले दिएको छुट सुविधा अन्तर्गत गएको असारमै ५ वटा कार ल्याएको थियो। सुरुमा कम्पनीले बलेनो र इर्टिगा नामका ५ वटा कार सुविधा अनुसार नै भन्सार जाँचपास गराएको हो। तर सरकारले भैरहवा भन्सार कार्यालयमार्फत केही समयपछि सुजुकीका ती कार हाइब्रिड नभएका निष्कर्षसहित पूरै कर तिर्न पत्राचार पर्‍यो। 

सिजी त्यस विरुद्ध साउन ६ गते सर्वोच्च अदालत पुग्यो। सिजीले आफूले ल्याएका कार आर्थिक ऐनमा भएको व्यवस्था अनुसारकै भएको दाबी गरेको थियो। तर सर्वोच्च अदालतले उक्त मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्‍यो। त्यसपछि भन्सार कार्यालयलाई पूर्ण कर उठाउने बाटो खुल्यो। सिजीले भन्सार कार्यालयले भने बमोजिकको कर गत कात्तिकमा दाखिला समेत गरिसकेको छ। 

कानुनी अस्पष्टता, व्यवसायी झन्झटमा 
सरकार कानुन ल्याएपनि कार्यान्वनका क्रममा अस्पष्टता देखियो। सरकारी नीति अनुसार छुट सुविधा लिइ आयात गरिएका सवारीमा सरकारले कानुनको मर्म अनुसार नभएको भन्दै पूर्ण कर तिर्न भन्यो। पर्याप्त अध्ययन र विश्व परिवेसमा बनेका सवारीबारे जानकारी नै नलिइ बनाइएको कानुनले व्यवसायीलाई अनावश्यक झन्झट दियो।

Ncell 2
Ncell 2

वातावरणमैत्री सवारी भनेर ल्याइएका सवारीलाई सरकारी व्याख्या अनुसार नभएको भन्दै छुट सुविधा दिइएन। सुरुमै कानुनमा स्पष्ट गरिएको भए व्यवसायीहरुले त्यही अनुसारका सवारी मात्र ल्याउँथे। तर त्यसो हुन नसक्दा व्यवसायीले अनावश्वक झमेला बेहोरेको र आजामी दिनमा सरकारले गर्ने व्यवहार माथि समेत संका उब्जिने एक व्यवसायीले बताए। 

भदौ ५ मा अन्तःशुल्क छुट हटाउने निर्णय
अर्थ मन्त्रालयले भदौ ५ गते हाइब्रिड कारको परिभाषा सहित ५० प्रतिशत अन्तःशुल्क छुट दिने आर्थिक ऐनको व्यवस्था हटाएको हो। त्यसपछि हाइब्रिड कार आयात गर्दा भन्सारमा मात्र ५० प्रतिशत छुट पाइने व्यवस्था कायम भएको छ।

सुरुमा सरकारले वातावरणमैत्री सवारी र इन्धन आयात कम गर्न भन्दै हाइब्रिड कारमा भन्सार र अन्तःशुल्कमा छुट दिने कानुन बनाएको हो। तर सरकारले छुटपछिको अवस्था मूल्यांकन आंकलन गर्न नसकेको देखिन्छ। यस्तो छुट सुविधा लिएर महँगा सवारी आउने देखिएपछि सरकारले अन्तःशुल्क छुटको व्यवस्था हटाएको हो। हाइब्रिड कारमा सरकार हडबडाएर निर्णय गरेको यी कुराले प्रष्ट हुन्छ।  

पछिल्लो पटक सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना
सरकारले आर्थिक ऐन कार्यान्वयनमा आएको ६ महिनापछि राजपत्रमा हाइब्रिड कारको व्याख्या गर्दै अन्तःशुल्कमा दिइएको छुट व्यवस्था हटाएको सूचना प्रकाशित गरेको हो। आर्थिक ऐन २०७६ को दफा १७ को उपदफा १ बमोजिम हाइब्रिड सवारीसाधनको पैठारीमा दिइएको महसुल छुट सम्बन्धमा नयाँ निर्णय गरेको छ।

भन्सार उपशिर्षक ८७०३.६० र ८७०३.७० मा पर्ने पेट्रोलियम इन्जिन र विद्युतीय मोटर दुवै जडान भइ पेट्रोलियम पदार्थ वा विद्युतीय उर्जामध्ये कुनै एकको शक्तिबात स्वतन्त्र रुपमा गड्न सक्ने र सवारीसाधनमा भएको व्याट्री विद्युतीय शक्तिको बाह्य स्रोतबाट चार्ज गर्न मिल्ने हाइब्रिड सवारीको पैठारीमा मात्रै आर्थिक ऐन २०७६ को भन्सार सम्बन्धी अनुसूची १ को दफा १४ को उपदफा ३ को खण्ड ण मा उल्लेखित दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था र अन्तःशुल्क ऐन २०५८ को अनुसूची ३ को द्रष्टब्य खण्डको बुँदा नम्बर १५ मा उल्लेख दरबन्दी बमोजिम लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाउने तथा भन्सार शिर्षक ८७.०२ र ८७.०३ अन्तर्गत अन्य भन्सार उपशिर्षकमा पर्ने सवारीसाधनमा कुनै पनि किसिमको भन्सार र अन्तःशुल्क छुट नदिने व्यवस्था गरेको छ। 

त्यस्तै २०७६ भदौ ५ भन्दा अघि प्रतीतपत्र खोलिएको वा चलान भइसकेको प्रमाणित भएको अवस्थामा पैठारी हुने भन्सार उपशिर्षक ८७०३.६० र ८७०३.७० मा पर्ने सवारीसाधनमा विद्यमान व्यवस्था अनुसार नै ५० प्रतिशत अन्तःशुल्क छुट दिने सरकारले राजपत्रमा सूचना प्रकाशित गरि उल्लेख गरेको छ। 

छुट सुविधा कम भएपछि हाइब्रिड कार आउनै छाडे
पछिल्लो समय हाइब्रिड कार आयात सुस्तमात्र होइन आउनै छाडेको छ। सुजुकीले ल्याएको हाइब्रिड कार स्पेसिफिकेशन अनुसार नभएको ठहर गर्दै सरकारले पूर्ण कर तिरायो। त्यसपछि टोयोटाले नाडा अटो शो २०१९ लाई लक्षित गर्दै दुईवटा हाइब्रिड कार आयात गरेको थियो। 

सरकारले अन्तःशुल्क छुट खारेज गर्ने निर्णय गरेसँगै हाइब्रिड कार ल्याउन लागि परेका सवारी व्यवसायीहरु पछि हटेका छन्। सरकारको पछिल्लो निर्णयसँगै हाइब्रिड कार सामान्य कार सरह वा त्यो भन्दा महँगो पर्ने देखिएकाले व्यवसायीहरु पछि हटेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका एक सदस्यले बताए। ‘आर्थिक ऐन आउँदा भएको व्यवस्थाले हाइब्रिड कार सस्तो पनि हुने र वातावरणमैत्री सवारी आउने भएकाले धेरै व्यवसायीहरु यस्ता गाडी ल्याउन लागि परेका थिए,’ उनले भने, ‘अर्थ मन्त्रायलको पछिल्लो निर्णयले व्यवसायीहरु हाइब्रिड कार ल्याउने योजनाबाट पछि हटेका छन्।’ 

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्