• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भिजिट नेपाल २०२० का लागि ६२ करोड, कुन कार्यक्रममा कति बजेट [सूची सहित]

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १९:३९
1140x725

काठमाडौं- सरकारले भिजिट नेपाल २०२० का लागि झन्डै ६२ करोड रुपैयाँ विनियोजना गरेको छ। सरकारले भिजिट नेपाल सचिवाल मार्फत ६१ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा का लागि विभिन्न शीर्षकमा यो रकम विनियोजन गरेको छ। भिजिट नेपालका लागि विनियोजन भएको बजेटको अख्तियारी भिजिट नेपाल सचिवाला अर्थात राष्ट्रिय संयोजकले खर्च गर्न पाउने छन्।

कुन कार्यक्रमका लागि कति?  

१. सञ्चालन खर्च : भिजिट नेपाल २०२०को सचिवालयले कुल बजेटको ८ दशमलव १ प्रतिशत रकम सञ्चालन खर्चमा छुट्याएको छ। सञ्चालन खर्चमा सचिवालयले ४ करोड ९९ लाख ९७ हजार रुपैयाँ चालू आवमा खर्च गर्ने गरी बजेट तथा प्रस्तावित कार्यक्रममा  तय गरेको छ।

पारिश्रमिक तथा सुविधामा : सरकारले भिजिट नेपाल २०२० अन्तर्गतको सचिवालयलाई पारिश्रमिक तथा सुविधामा १ करोड ७४ लाख ४२ हजार रुपैयाँ रहेको छ। जसमा तलब (सेवा करारका कर्मचारी समेत) शीर्षकमा ९४ लाख १२ हजार रुपैयाँ, बैठक तथा प्रोत्साहन भत्ता शीर्षकमा ७७ लाख ८० हजार रुपैयाँ र पोशाक शीर्षकमा २ लाख ५० हजार रुपैयाँ छुटाएको छ।

मालसामान तथा सेवाको उपभोग : सरकारले भिजिट नेपाल २०२० अन्तर्गत विनियोजन गरेको बजेट मध्ये यो शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा टेलिफोन तथा इन्टरनेटमा १० लाख, पानी तथा बिजुलीको महशुलमा ५ लाख र भाडामा ५ लाख रुपैयाँ छुटाएको छ।

पूँजीगत सम्पत्तिको सञ्चालन तथा मर्मत : यो शीर्षकमा सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा पूँजीगत सम्पत्तिको मर्मतमा ५ लाख र पूँजीगत सम्पत्तिको सञ्चालन खर्च(इन्धन)मा १० लाख रुपैयाँ छुटाएको छ।

कार्यालय सामान तथा सेवाहरू : यो शीर्षकमा भिजिट नेपाल २०२० को सचिवालयले १ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ। जस अन्तर्गत कार्यालय सम्बन्धी खर्चमा २० लाख, अन्य प्रयोजनको इन्धनमा १ लाख, कार्गो तथा कुरियर सेवामा २० लाख, सरसफाइ, कम्पुटर टाइप सुरक्षा आदिको लागि सेवा करारमा १ लाख, इमेल, इन्टरनेट सेवा होष्टिङ तथा नेटवर्किङमा १० लाख, विज्ञ तथा परामर्श सेवामा ४० लाख र सूचना, विज्ञापन प्रकाशनमा ५ लाख रुपैयाँ बाडफाड गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सुधारः यो शिर्षक भिजिट नेपाल सचिवालयले २० लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सचिवालयको बगैंचा, मन्दिर एवम् कम्पाउन्ड मर्मतमा १० लाख र सचिवालयको भवन मर्मत तथा सुधारमा १० लाख रुपैयाँ छुटाएको छ।

विविध खर्च : यो शीर्षकमा भिजिट नेपाल २०२० को सचिवालयले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सबै रकम अथितिको सत्कारमा खर्च गर्ने गरी रकम विनियोजन भएको छ।

भ्रमण खर्च : सचिवालयले यो शिर्षकमा ७५ लाख रुपैयाँ छुटाएको छ। जसमा अनुगमन भ्रमण खर्चमा २५ लाख र भ्रमण खर्चमा ५० लाख रुपैयाँ राखेको छ।

पूँजीगत खर्च : यो शीर्षकमा सचिवालयले कुल ३९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा फर्निचर तथा फ्लोरिङमा ७ लाख ४५ हजार, मेशिनरी सामानमा १९ लाख ६० हजार, सवारी साधन खरिदमा ७ लाख ५० हजार र सफ्टवेयर तथा  वेभसाइट निर्माणमा ५ लाख रुपैयाँ रकम बाँडफाँड गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२. कार्यक्रम तर्फ 
कार्यक्रम निरन्तरता (२०७५/०७६ बाट) : यो शीर्षकमा सचिवालयले १ करोड २३ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा सिट्रिप चीनसँगको सहकार्यको कामको लागि ५७ लाख ५० हजार, ट्रिप एडभाइजर मार्फत डिजिटल प्रवर्द्धनमा २८ लाख ७५ हजार, लोन्लिप्लान्ट मार्फत लाइफ टाइम एक्सपेरियन्स सम्बन्धी पकेट ट्राभल गाइड बुक लेखनका लागि १७ लाख २५ हजार, होटल संघ नेपाल र टान मार्फत तालिम सञ्चालनमा १७ लाख ३६ हजार र नेपाल भ्रमण वर्षको वेबसाइट निर्माणका लागि २ लाख ७७ हजार रुपैयाँ बाँडफाँड भएको छ।

३. पर्यटन प्रोडक्ट 
भिजिट नेपाल सचिवालयको यो शीर्षकमा १० करोड ९० लाख रुपैयाँ छुट्याएको छ। यो रकम कुल बजेटको १७ दशमलव ६५ प्रतिशत हो। जसमा नमस्ते सेन्टर स्थापनामा १ करोड ५० लाख, नयाँ पर्यटक प्रोडक्टमा १ करोड ५० लाख, काठमाडौं र जनकपुरमा रात्रिकालीन कार्यक्रम सञ्चालन गर्न २ करोड, प्रदेश पर्यटन विकासमा २ करोड, विमानस्थल सौन्दर्यीकरण तथा ब्रान्डिङमा १ करोड, पर्यटकीय गन्तव्यहरूमा रुख रोपनका लागि १ करोड, विश्वकै होचो कालिगण्डकी गर्जमा माउन्टेन बाइट ट्रेल विकासका लागि ५० लाख, शिवशक्ति सर्किट अध्ययन तथा अनुसन्धानका लागि ७० लाख र टेम्पल स्टे प्याकेज निर्माण तथा विकासमा ७० लाख रुपैयाँ छुट्याएको छ।

यस बोहक पनि सचिवालयले प्रचार प्रसार तथा प्रवर्द्धनका लागि १५ विभिन्न शीर्षकमा गरी कुल २६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी खेल पर्यटन तर्फका ९ वटा खेलको लागि ३ करोड १५ लाख रुपैयाँ, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्टी सेमिनार तथा इभेन्ट्स आयोजन  तर्फको २४ वटा कार्यक्रममा लागि १२ करोड ७८ लाख रुपैयाँ बाँडफाँड गरेको छ।

यसैगरी सचिवालयले मानव संशाधनतर्फ विकास शीर्षक ३ वटा कार्यक्रमका लागि १ करोड ५५ लाख रुपैयाँ र भुक्तानी हुन पर्ने दायित्व शीर्षकमा ८७ लाख ९७ हजार रुपैयाँ गरी चालू आवमा कुल ६१ करोड ७४ लाख ५७ हजार २८ रुपैयाँ बजेट सचिवालयले पाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा मंगलबार, कात्तिक २४, २०८३
एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै मंगलबार, कात्तिक २४, २०८३
कस्तो छ आजको मौसम मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्