काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट १४ घाइतेको उद्धार गरिएको छ।
घाइतेहरुलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ। दुर्घटनापछि विमानमा आगो लागेर धुवाँको मुस्लो निस्किएको थियो। आगो पूर्णरुपमा निभाइएको छ।
विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ। विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गर्न थालिएको छ।
युएस बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर बिएस २११ को विमान ढाकाबाट ६७ यात्रु लिएर काठमाडौं आएको थियो। विमानमा चालक दलका चार जना कर्मचारी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।