बैतडी- पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।
पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताए।
प्रतिबद्धता पत्रमा नगरपालिकाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा बालबालिकाका योजनालाई अनिवार्य रुपमा समावेश गर्ने, विपद् व्यवस्थापनका कुरालाई ध्यान दिएर योजना निर्माण गर्ने लगायतका छन्।
पाटन नगरपालिकाअन्तर्गत गाभिएको साबिकको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भइसकेको र वडा नं १ लाई पनि निकट भविष्यमै बालमैत्री घोषणाको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।