पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग) को भारत्तोलनमा नेपालका विकास थापाले स्वर्ण पदक जितेका छन्।
पोखरामा शुक्रबार भएको भारोत्तोलनमा विकासले ८९ केजी तौल समूह मुनि स्वर्ण पदक जितेका हुन्।
विकासले स्न्याचमा १२३ केजी र क्लिन एण्ड जर्कमा १४६ केजी उचाल्दै स्वर्ण पदक जिते।
विकासले सन् २०१६ मा भारतमा भएको १२औं साग खेलकुदमा भने रजत पदक जितेका थिए।
योसँगै नेपालले ४० स्वर्ण जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।