काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को टेबल टेनिसमा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्रचार्य पुरुष एकलमा कास्यपदक जितेका छन्।
लैनचौरस्थित टेबल टेनिस हलमा शुक्रबार भएको सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थोनीसँग ४–० को सेटमा पराजित भए। ११–४, १२–१०, ११–८ र ११–३ को सेटमा पराजित भए।
त्यस्तै पुरुषोत्तम पनि भारतका हर्मित देशाइसँग ४–० को सोझो सेटमा पराजित हुँदै कास्यमा सीमित बनेका हुन्। पुरुषोत्तम देशाईसँग ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए। तर यो टेबल टेनिसमा सबैभन्दा राम्रो नतिजा हो।
यो स्पर्धामा भारतका अमरलाज एन्थोनीले आफ्नै देशका हर्मित देशाईलाई ४–३ को सेटमा पराजित गर्दै स्वर्ण जिते। अमरलाजले हर्मितमाथि ६–११, ९–११, १०–१२, ११–९, ११–७, ११–४ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन्।
महिलातर्फ भारतका सुतिर्था मुखर्जीले आफ्नै देशकी एहिका मुखर्जीलाई ४–२ को सेटमा हराएर स्वर्ण जितिन् । यो स्पर्धामा श्रीलंकाले कास्य हात पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।