एजेन्सी- हलिउडकी सर्वाधिक सुन्दरी नायिकाको सुचिमा उत्कृष्ट १० भित्र पर्छिन स्कारलेट जोहनसन। स्वास्थ्यप्रति निकै सचेत स्कारलेटले आमा बनेको केही महिनामा नै आफ्नो शरिरलाई पुरानै अवस्थाको जस्तो बोल्ड एन्ड सेक्सी बनाउन सफल भएकी थिइन्।
उनले सार्वजनिक रुपमै भनेकी थिइन् ‘फिट रहनका लागि अरुको जस्तो निश्चित समय मात्र डाइटिङ र धेरै एक्सरसाइज गरेर शरिर कहिले पनि स्वस्थ हुँदैन । त्यो क्षणिक हुन्छ । यस्का लागि त नियमित एक्सरसाइज र खानामा सचेत हुनुपर्छ।’
उनी गर्भवती रहँदा समेत चिकित्सकको सल्लाह अनुसार व्यायामहरु गर्थिन । स्वस्थ बच्चा जन्माइसकेपछि उनले स्लिम र सेक्सी शरिरका लागि नियमित एक्सरसाइजलाई केही बढाइन र खानामा रेसादार खानाहरु बढी खाइन्।
‘प्रत्येक दिन दौडने र एक्सरसाइज गर्ने गर्नुपर्छ,’ उनले भनिन्, ‘यस्का साथै धेरै मात्रामा सलाद र फाइबरयुक्त खाना खाने गर्नुपर्छ । हामी सागसब्जी, तरकारी तथा फलफुल खाँदा बोक्रा फालेर खाने गर्छौ तर त्यसो गर्नु राम्रो होइन । राम्रोसँग पखालिएका र सम्भव भएसम्म अर्गानिक खाना खानु फलदायी हुन्छ ।’ उनले आफ्नो स्लिम एन्ड सेक्सी ज्यानको सुत्र पनि यही भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।