काठमाडौं- १३अैं दक्षिण एसियाली खेलकुद (साग) को गल्फमा नेपालले २ स्वर्ण जितेको छ।
गोकर्ण गल्फ कोर्षमा आज सम्पन्न सागको गल्फ खेलमा नेपालले पुरुषको व्यक्तिगत र टिम इभेन्ट्समा स्वर्ण जितेको हो। त्यस्तै, नेपालका लागि शुक्र राईले कास्य पाउँदा महिला टिम इभेन्ट्समा पनि नेपालले कास्य पदक पाए।
व्यक्तिगततर्फ नेपालका सुवास तामाङले स्वर्ण पदक जित्दा बंगलादेशले रजत र नेपालकै शुक्र राईले कास्य पाए।
त्यस्तै, पुरुषको टिम इभेन्ट्समा पनि नेपालले स्वर्ण पदक जितेको छ। नेपालका सुवास तामाङ, शुक्र राई, टंकबहादुर कार्की र निरज तामाङले टिम इभेन्ट्समा स्वर्ण जितेका हुन्। रजत बंगलादेश र कास्य पदक श्रीलंकाले पाएको छ।
त्यस्तै, महिलातर्फकै टिम इभेन्ट्समा नेपालले कास्य पदक जितेको हो। श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले रजत पदक जित्न सफल भयो।
महिलातर्फकै व्यक्तिगततर्फ श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले रजत र श्रीलंकाले नै कास्य पनि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।