कैलाली- घोडोघोडी नगरपालिकाकी राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको घटनामा नेकपा एमालेको कैलाली जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले जिल्ला कमिटीले घटनामा प्रत्यक्ष संलग्न रामबहादुर चौधरी लगायतका व्यक्तिहरुलाई कडा सजाय गर्न र घाइतेको उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
जिल्लाका कार्यवाहक अध्यक्ष रतन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाबारे सत्यतथ्य बुझ्न जिल्ला कार्यालय सचिव विमल जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेको छ। कार्यदललाई ५ दिनभित्र यथार्थ बुझी जिल्ला कमिटिमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।