• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गोलभेँडाले बढाउँछ शुक्रकीटको गुण

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २०, २०७६  ०८:३०
1140x725

बिबिसी- गोलभेँडामा पाइने लाइकपीन नामक पोषक तत्त्वले पुरुषमा शुक्रकीटको गुण बढाउने एउटा अनुसन्धानले देखाएको छ।

प्रत्येक दिन गोलभेँडाको दुई चम्चा गाढा लेदो (प्युरी) सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्रकीट बनेको पाइएको छ।

सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझोपन भएको पाइन्छ।

विज्ञहरूले पुरुषमा हुने बाँझोपनको समस्याबारे थप अध्ययन हुनुपर्ने औँल्याएका छन्।

यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले बाँझोपनको समस्या भएका पुरुषलाई स्वस्थ जीवनशैली अवलम्बन गर्न तथा खुकुलो भित्रीलुगा लगाउन सल्लाह दिने गरेको छ।

एनएचएसले गर्भाधानको सम्भावना बढाउन यथासम्भव तनाव घटाउन तथा महिलाको अण्डोत्सर्जनको बेलामा यौन सम्पर्क गर्न सुझाव दिएको छ।

तर केही पोषकतत्त्वले पुरुषमा पुंसत्व बढाउने अवधारणा केही समययता प्रबल रूपमा देखिएको छ।

पहिलापहिला गरिएका अनुसन्धानहरू भिटामिन ई र जिङ्कको प्रभावमा केन्द्रित थिए। तिनमा जस्तै लाइकपीनमा पनि कोषलाई अक्सिजनबाट हानि पुग्न नदिने एन्टीअक्सिडन्ट गुण हुन्छ।

Ncell 2
Ncell 2

यो तत्त्वले हृदयरोग र केही प्रकारका क्यान्सरको जोखिम घटाउन सघाउने देखिएको छ।

खाद्यपदार्थमा पाइने लाइकपीन सोस्न शरीरलाई गाह्रो हुने भएकाले यो अध्ययनमा सहभागी मानिसलाई अतिरिक्त ल्याक्टोलाइकपीन दिइएको थियो। त्यसरी प्रत्येक पुरुषले उही मात्रामा उक्त तत्त्व पाएका थिए।

उही मात्रामा लाइकपीन पाउन प्रत्येक व्यक्तिले पकाएको दुई किलो गोलभेँडा खानुपर्ने हुन्थ्यो।

बाह्र हप्ता चलेको परीक्षणमा ६० जना सहभागी भएका थिए। प्रत्येक पुरुषलाई प्रत्येक दिन १४-१४ मिलिग्राम ल्याक्टोलाइकपीन दिइएको थियो।

यो अध्ययन लाइकपीन उत्पादन गर्ने कम्पनीले आंशिक आर्थिक सहयोग उपलब्ध गराएको थियो।

उनीहरूको शुक्रकीट अध्ययनको प्रारम्भमा, छ हप्तामा र अन्तिममा जाँचिएको थियो।

शुक्रकीटको परिमाणमा भिन्नता नभए पनि अतिरिक्त लाइकपीन सेवन गरेका व्यक्तिमा स्वस्थ शुक्रकीट र तिनको गतिशीलताको अनुपात बढेको पाइयो।

यूनिभर्सिटी अफ शेफील्डसँग आबद्ध पोषणविद् डा. लिज विलीअम्जको नेतृत्वमा भएको शोध युरोपियन जर्नल अफ न्यूट्रिसनमा प्रकाशित भएको छ।

‘तत्काल पुरुषलाई हामीले दिन सक्ने सुझाव धेरै कम छ,’ उनले भनिन्।

‘हामी उनीहरूलाई मदिरा सेवन घटाउन र स्वस्थकर खानेकुरा खान भन्छौँ। तर यी सामान्य सुझाव हुन्।’

उनले भनिन्, ‘यो सानो अध्ययन हो र हामीले यो ठूलाठूला परीक्षण गर्नुपर्छ। तर परिणाम धेरै उत्साहप्रद छ।’

उनका अनुसार अब पुंसत्वसम्बन्धी समस्या भएका पुरुषमा यो परीक्षण गरिनुपर्छ।

त्यसबाट लाइकपीनले शुक्रकीटको गुण बढाउन तथा जोडीहरूलाई गर्भाधान गर्न तथा बाँझोपनसम्बन्धी महँगो उपचारविधिबाट जोगिन सघाउँछ कि सघाउँदैन त्यो देखाउन सकिनेछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो रहनेछ देशभरको मौसम
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि
मन्त्रिपरिषद् बैठक : सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज
सम्बन्धित सामग्री
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ। साथै, जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाल... शनिबार, मंसिर २०, २०८२
जाडोमा स्वस्थ रहने घरेलु तरिका जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सा... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस २, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
मन्त्रिपरिषद् बैठक : सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज मंगलबार, पुस १, २०८२
हिंसा भड्काएको अभियोगमा मुस्लिम धर्मगुरुलाई ३५ वर्ष जेल मंगलबार, पुस १, २०८२
भ्रष्टाचार मुद्दामा जोडिएका जेन-जी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष थापाले दिए राजीनामा मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्