बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत प्राप्त गरेका छन्। पोखरेलको पक्षमा ६६ मत परेको छ। विपक्षमा १८ मत परेको छ। प्रदेशसभा ५ को पाँचौं बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए।
विपक्षीमा नेपाली कांग्रेस एक्लैले मत जाहेर गरेको थियो। कांग्रेसका १९ मध्ये १८ जना सांसद्ले विपक्षीमा मत जाहेर गरेका थिए। कांग्रेस सांसद विरेन्द्र कनौडिया सभा बैठकमा संसद्मा अनुपस्थित थिए। ८७ जना सांसद रहेको प्रदेशसभा ५ मा ८४ जनाले मत जाहेर गरे। राजपाबाट सांसद बनेकी विन पन्त लगातार बैठकमा अनुपस्थित छिन्।
मुख्यमन्त्री पोखरेललाई सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले समर्थन गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।