• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

छानबिन समितिको निष्कर्षः अदालतको आडमा कब्जा गर्छन् भूमाफियाले सरकारी जग्गा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  १७:१५
1140x725

काठमाडौं-बालुवाटार जग्गा प्रकरण बाहिरिएसँगै यसको चर्चा धेरै कोणबाट भयो। सरकारको नाममा रहेको ११३ रोपनी जग्गा भूमाफियाले व्यक्तिको नाममा गर्ने प्रक्रियामा सरकारी निकायसँगै न्याय दिने निकाय अदालत पनि मुछियो। सर्वोच्च अदालत र जिल्ला अदालतले नै भूमाफियालाई साथ दिने गरि फैसला गरेको तथ्य पनि सार्वजनिक भयो। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेपछि त्यसैको आडमा मालपोत, नापी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भूमाफियाले सेटिङ मिलाए। 

बालुवाटार मात्र एक उदाहारण हो। काठमाडौ उपत्यकामा सार्वजनिक जग्गाहरु हाँडीगाउँ, गोंगबु क्षेत्र र अन्य क्षेत्रका सार्वजनिक जग्गा पनि अदालतको आदेश र फैसलाको आडमा निजी बनाएका घटना सार्वजनिक भईरहेका छन्। 

यी घटना सार्वजनिक भएपछि सरकारले गठन गरेको सरकारी,सार्वजनिक र गुठी जग्गासम्बन्धी जाँचबुझ आयोगले पनि अदालतकै आडमा सरकारी जग्गा व्यक्तिको बनाउने कार्य भूमाफियाहरुले गरेको निष्कर्ष निकालेको छ। 

मंसिर १५ देखि कार्यकाल सकिएको आयोगमा १७७ उजुरी परेका थिए। तीमध्ये सहरी क्षेत्रका जग्गा मिच्ने कार्यमा न्यायाधीशहरुको आदेशले सहयोग गरेको भेटिएको हो।  समय अभावले आयोगले सबै उजुरी अध्ययन गर्न नसके पनि मुख्य रुपमा गरेको अध्ययनमा यस्तो निष्कर्ष निस्केको आयोगका एक सदस्यले बताए।  प्राप्त उजुरीका आधारमा अध्ययन गरि ९ स्थानको सरकारी जग्गा मिचिएको प्रतिवेदन बुझाउने तयारीमा आयोग पुगेको छ। 

 आयोगले छानबिन गरेको जग्गामध्ये सगरमाथा आधार शिविरको जग्गा पनि उदाहरण हो। जुन सर्वोच्च अदालतको आडमा व्यक्तिको बनाइएको देखिन्छ। 

Ncell 2
Ncell 2

कोङ्दे भ्यु प्रालिको नाममा ल्याइएको सगरमाथा आधार शिविरको जग्गा आङछिरिङ शेर्पा र ल्हाक्पा सोनाम शेर्पा (दाजुभाइ)ले अदालतको आडमा हत्याएका थिए। २०६२ भदौमा सर्वाेच्चले गरेको अन्तरिम आदेशको आडमा सरकारी जग्गा कब्जा गरिएको थियो। 

आयोगले सुनसरीको सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा मिचिएको प्रतिवेदन सरकारलाई बुझाउँदै छ। सरकारले अधिग्रहण गरेको उक्त जग्गा पनि सर्वोच्चको साथले व्यक्तिका नाममा पुगेको थियो।

भूमाफियाले सरकारी जग्गा कब्जा गर्नका लागि नक्कली झगडीया खडा गरेको भेटिएको आयोग स्रोतले जानकारी गराएको छ। स्रोतले भन्यो,‘नक्कली झगडीया खडा गरि न्यायाधीशसँग सेटिङ गरेका हुने रहेछन्। खडा गरिएको झगडीयाको आवश्यक कागजपत्र नपुग्ने देखाउँदै अदालतबाट जग्गा कब्जा गर्ने रहेछन्।’ 

धेरै क्षेत्रफल र विशेषतः सहरी क्षेत्रका सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन न्यायाधीश नै संलग्न भएको भेटिएको हो। उजुरी अध्ययन गर्ने क्रममा न्यायाधीशकै कारण अधिकांश जग्गा मिचिएको निक्र्यौलमा आयोग पुगेको छ। आयोगले तत्कालीन समयमा आदेश गर्ने न्यायाधीशहरुको नाम किटानसहित जग्गा फिर्ता र कारबाहीको सुझाव दिने बताइएको छ।

जाँचबुझका क्रममा कर्मचारीबाट आशातित सहयोग पाउन नसकेको आयोगका एक सदस्यले बताए। उनले भने, ‘प्राप्त उजुरीका आधारमा कागजात खोजि गर्दा आलटाल गरि कर्मचारीले प्रमाण उपलब्ध नै नगराउने रहेछन्।’ तथ्यांक उपलब्ध नगराउँदा आयोगले सोचेअनुरुप कार्य गर्न नपाएको उनले गुनासो गरे।

गत जेठमा गठन भएको आयोगले सार्वजनिक सूचना र सरकारी निकायमा पत्राचार गरेर जानकारी माग गरेको थियो। उजुरीको जाँचबुझ गर्न आयोगले कर्मचारीलाई स्थलगत अध्ययनलाई पनि खटाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेकाले आयोगले प्रतिवेदन बुझाउन पाएको छैन। प्राप्त उजुरीको अध्ययन गर्नका लागि पर्याप्त समय नभएको आयोगले सम्वन्धित मन्त्रालयलाई जानकारी गराएको छ। समय बढाउने आयोगको अनुरोधअनुरुप अब बस्ने मन्त्रिपरिषद बैठकले आयोगको समय थप्ने बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्