काठमाडौं- संसदको दोस्रो बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदैछन्।
माओवादी केन्द्रको समर्थनमा गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले संसदमा आज विश्वासको मत देखाउन लागेका हुन्।
प्रधानमन्त्री ओलीलाई संसदमा तीन चौथाइभन्दा बढी सांसदको विश्वासको मत देखिएको छ।
एमालेका १ सय २१, माओवादीका ५३, राजपाका १७, फोरमका १६ र अन्य तीन स्वतन्त्र सांसदले ओलीलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।