काठमाडौं- संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
संसद् भवनमा बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका नेता राजेन्द्र श्रेष्ठले बताए।
प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने बताउँदै आएको फोरमले औपचारिक निर्णय भने आज दिउँसो गरेको हो। फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाईभन्दा बढी मत प्राप्त गर्ने निश्चित भएको छ।
प्रधानमन्त्री ओलीको पक्षमा एमालेसहित माओवादी केन्द्र, राजपा, फोरम र विभिन्न दलका तीन स्वतन्त्र सांसदले भोट गर्ने निश्चित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।