काठमाडौं- संसद बैठक आजै दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ। दिउँसो १ बजे सुरु भएको संसदको पहिलो शत्रमा नवनिर्वाचित सभामुख कृण्णबहादुर महरालाई बधाई तथा शुभकामना दिइएको छ।
पहिलो शत्रमा विभिन्न दलका नेताहरुले नवनिर्वाचित सभामुख महरालाई सफल कार्यकालको बधाई तथा शुभकामना दिँदै सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरेका थिए।
आजै बस्ने संसदको दोस्रो शत्र दिउँसो ३ बजे सुरु हुनेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन्।
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्रीमा ओलीलाई विश्वासको मत दिन एमाले र माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।