काठमाडौं- वाम गठबन्धनका प्रमुख नेताले प्रधानमन्त्री निर्वाचनमा केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।
वाम गठबन्धन संसदीय दलको संयुक्त बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्री निर्वाचनमा मत हाल्न आफ्ना सांसदलाई निर्देशन दिए।
ओलीले संघीय संसद्मा आज प्रधानमन्त्रीमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले आज संसद्मा विश्वासको मत लिन लागेका हुन्।
पार्टी एकताको औपचारिक तयारीमा रहेका दुवै दलले प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि दुवै दलको संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।
प्रधानमन्त्री ओलीले संसद् बैठकमा कोही पनि छुट्न नहुने बताउँदै पार्टीका उम्मेदवारको पक्षमा मत दिन सांसदहरुलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।