• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेरा सपना फेरिँदै गएका छन् - अदिती

64x64
नेपाल लाइभ आइतबार, फागुन २७, २०७४  ०७:०९
1140x725

काठमाडौं- केही महिनाअघि एक चर्चित भारतीय अनलाइनले लेखेको थियो– 'सनी लियोनी जैसी बोल्ड एक्ट्रेस को भी मात दे रही है ये नेपाल की हिरोइन।' 

साथमा उनका केही थान तस्बिर पनि फिचर गरिएका थिए। तस्बिरमा उल्लेख गरिए जस्तै उनी बोल्ड देखिन्थिन्। 

बलिउडमा नेपालमा चर्चित प्रायः हिरोइनले ‘ट्राई मारेका’ छन्। तर मनिषा कोइरालापछि कुनै नेपाली सुन्दरीले बलिउडमा धमाल मच्चाउन भने सकेका छैनन्। उनीहरु सानो वा सहायक दृश्यसम्ममा देखिएर चित्र बुझाउँदै फर्केका छन्। त्यसकारण पनि भारतीय मिडियामा अदितीको चर्चालाई अर्थपूर्ण मान्न सकिन्थ्यो। 

त्यो समय उनीबारे खोज्दै जाँदा भारतमै केही र्‍याम्प र एउटा पञ्जाबी म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी रहिछन्। आजको मितिमा उनका भारतीय म्युजिक भिडियोको संख्या तीन पुगेको छ। दुई पञ्जाबी र एक हिन्दी गीतमा उनी ‘फिचर’ भएकी छिन्।

भारतीय मिडियाले सनी लियोनीलाई उछिन्ने नेपाली हिरोइन भनेकी अदितीसँग केही दिनअघि बालुवाटारस्थित एक होटेलमा आकस्मिक भेट भयो।  कुर्ता-सलवारमा थिइन् उनी। मैले कुराकानीका लागि आमन्त्रण गरेँ। 

नेपाली फिल्मका चर्चित अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’मा देखिन लागेकी यी हिरोइनसँग जब कुराकानी थालेँ, उनका तस्बिरले मेरो दिमागमा बनाएको ‘इमेज’ एकपल्ट इरेज गर्यो र कुरा गर्दै जाँदा नयाँ इमेज निर्माण हुँदै गयो। 

कुराकानी सकिँदासम्म मैले महसुस गरेँ– तस्बिरमा बोल्ड देखिएकी अदिती स्वभावमा लजालु रहिछन्।

फिल्म करिअरका बारेमा कुराकानी गरिरहँदा अनमोल नजिकै आएपछि अदिती लजाइन्। कुरा रोकेर अनमोललाई भनिन्, ‘अन्तर्वार्ता दिइरहेका बेला किन नजिकै आएको तिमी। उता जाऊ।’

Ncell 2
Ncell 2
nimb
nimb

‘केही हुँदैन, म सुनेर बस्छु’ भावमा अनमोल बसिरहे। तस्बिरकी बोल्ड हिरोइन लज्जावती झार झैं खुम्चिइन्। अनमोलले उठ्ने संकेत नदेखाएपछि उनी कुराकानीका लागि तयार भइन्।

उनलाई सहज बनाउन मैले प्रश्नभन्दा पनि जिज्ञासा राख्ने बताएँ। 

‘तपाईंका लागि फिल्ममा अभिनय रहर कि सपना?’

मेरो जिज्ञासा सामान्य थियो तर उनका लागि अनपेक्षित भएछ। एकछिन मुस्कुराइन्। त्यसपछि उनको मुखबाट वाक्य फुट्यो– रहर।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सपना?’

‘मेरा सपना स्थायी हुँदैनन्,’ उनले अनमोलतिर फर्केर जवाफ दिइन्, ‘म जति ठूली हुँदै गएकी छु। मेरा सपना फेरिँदै गएका छन्।’

एसएलसी सकाउन्जेल उनीसँगै एउटै सपना थियो डाक्टर बन्ने। त्यसैले प्लस टूमा साइन्स पढिन् र रोजिन् बायोलोजी। जब १२ सकिन लाग्दै थियो, उनको सपना पनि फेरिँदै थियो।

अनेकथरी सपना देखिने  १७/१८ को उमेरमा उनले डाक्टर बन्ने लक्ष्य त्यागेर नयाँ सपना देखिन्, आकाशमा उड्ने। उनलाई कि पाइलट हुनु थियो कि एअरहोस्टेज। तर, उड्नुचाहिँ थियो। 

प्रशस्त उचाइ, बान्की परेको ज्यान र सुन्दर अनुहारकी प्याकेज अदितीलाई मोडलिङतिरको अफर आयो। उनले नाइँ भनिनन्। सुरुमा फोटोसुट त्यसपछि र्‍याम्प नाप्दै पुगिन् भारतीय म्युजिम भिडियोसम्म।

र, यता लाग्दा पनि उनलाई हिरोइन बन्ने कुनै सपना पलाएन। उनले स्नातकमा इन्फरमेसन टेक्नोलोजी पढ्न सुरु गरिन्। जसलाई उनी करिअर बनाउन चाहन्थिन्। 

हिरोइन बन्ने सपना देख्नुअघि उनलाई लाग्थ्यो, ‘एक्टिङ इज द टफ जब।’

उनले भनिन्, ‘मलाई अभिनय आउँदैनथ्यो ।’

र, एकपल्ट हिरोइन हुने रहर भने पलाइसकेको थियो उनमा।

यही क्रममा  एक आफन्तमार्फत उनलाई प्रस्ताव आयो फिल्ममा अभिनय गर्ने।

अभिनेता भुवन केसीले उनका आफन्तलाई भनिदिएका रहेछन्, ‘फिल्म बनाउँदैछौं। अदितीलाई हिरोइनका रुपमा लिन सकिन्छ।’ 

उनी अडिसनका लागि राजी भइन्। किनभने उनलाई फिल्मबारे भनिएको कन्सेप्ट मन परेको थियो। निरन्तर हिट फिल्म दिइरहेका अनमोल पनि उनको मनमा हरियो बत्ती बाल्ने एउटा कारक थिए।

उनको चर्चा छ। फिल्म रिलिजको छेकमा त झन् हुने नै भयो।

चर्चा भइरहँदा उनलाई भने लाग्दो रहेछ, ‘मैले त केही गरेकै छैन किन यस्तो चर्चा?’ 

फिल्ममा देखिँदैछिन्; रहर पूरा भयो। अब के त?

‘राम्रो कथामा अफर आयो भने केही नेपाली फिल्म गर्छु। बलिउडमा पनि  प्रयास जारी रहन्छ,’ उनले भनिन्, ‘दुई-चार वर्ष फिल्म गरिहेर्छु ।’

‘फिल्म क्षेत्रमा आफ्नो भविष्य त्यति उज्जल देख्नुहुन्न हो?’ प्रश्न नकारात्मक गरियो।  

उनको प्रतिक्रिया सकारात्मक थियो, ‘अहिलेकै अवस्थामा छैन। मैले अभिनय सिक्नैपर्छ। सिकेँ र गरेँ भने होला।’ 

फिल्म क्षेत्रमा अदितीको भविष्य कस्तो छ भन्ने प्रश्नको उत्तर शुक्रबारबाट दर्शक आफैंले पाउनेछन्।

किनभने उनको पहिलो फिल्म ‘कृ’ रिलिज भएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्