काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न संघीय समाजवादी फोरम नेपालले संसदीय दलको बैठक बोलाएको छ।
दिउँसो १२ बजे बस्न लागेको बैठकले सरकारलाई सर्मथन गर्ने विषयमा निर्णय लिनेछ। प्रधानमन्त्री ओलीले आज १ बजे संसद् बैठकमा विश्वासको मत लिने भएकाले त्यसबारे निर्णय लिन बैठक बस्न लागेको नेता राजेन्द्र श्रेष्ठले बताए। फोरमको बैठकले सरकारमा सहभागिता जनाउने विषयमा पनि निर्णय लिनेछ।
सरकार र फोरमबीच दुई सातादेखि छलफल चल्दै आए पनि अन्तिम सहमति भइसकेको छैन। प्रतिनिधिसभामा फोरमका १६ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।