विराटनगर– सामुदायिक वनमा लागेको डढेलो फैलिएर धनकुटामा तीन घर जलेका छन्।
धनकुटा नगरपालिका–९ माङ्डाँडा स्थित जलकन्या सामुदायिक वनमा लागेको आगो फैलिएर स्थानीय गोपाल भण्डारी, ध्रुव भण्डारी र निर्प भण्डारीको घर र गोठ जलेको प्रहरीले जनाएको छ।
आगलागीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले जानाएका छन्।
स्थानीयबासी र प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।