विदुर– नुवाकोटको विदुरमा आयोजित पाचौं नुवाकोट महोत्सवमा एउटा बोकाले धेरैको ध्यान तान्यो, कारण थियो यो बोका धेरै महँगो मूल्यको हुनु।
महोत्सव अवधिभर साढे तीन लाख रुपैयाँको यो बोका आकर्षणको केन्द्र बन्यो। दक्षिण अफ्रिकाबाट साढे तीन लाख रुपैयाँमा किनेर ल्याइएको यसका धनी बेलकोट निवासी अमृत तिवारीले बताए। उनले बोका दुई वर्षअघि खरिद गरी ल्याएका थिए।
फागुन १६ देखि आयोजित नुवाकोट महोत्सव शनिबार सकिएको छ।
नुवाकोट उद्योग वाणिज्य संघ आयोजना गरेको महोत्सवमा कृषि उपज, घरेलु उत्पादन, प्रविधि लगायत गरी दुई सय ७५ वटा स्टल राखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।