बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विश्वासको मत लिने भएका छन्।
कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ। आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नेछन्।
यस्तै, बैठकमा अन्य दुई विधेयक समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा-सुविधासम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन्।
फागुन १३ गतेका लागि पहिले तय भएको बैठकमा बिजनेस नभएको भन्दै बैठक नै नबसी अघिल्लै दिन सूचना टाँसेर स्थगित भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।