उरुम्की- चिनियाँ वायुसेनाले आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ती अभ्यास नियमित भएको जनाएको छ।
चिनियाँ पिपुल्स लिबरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक रहेको बताए। उनले भने, 'उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफवाह नफैलाउनु नै राम्रो हुनेछ।'
सैन्य अभ्यास चलाउनु अन्तर्राष्ट्रिय अभ्यास रहेको जनाउँदै उनले विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको सेनाको सैन्य क्षमता बढाउन र राष्ट्रिय सुरक्षा तथा राष्ट्रियताका लागि आवश्यक हुने बताए।
शाहीन छैटौं नामक संयुक्त सैन्य अभ्यासलाई लिएर केही मुलुकले राखेको चासोप्रति चिनियाँ सेनाले स्पष्टीकरण दिएको हो।
चीनले पाकिस्तानसँग सेप्टेम्बर २७ देखि जे–११ युद्धक विमान, जेएच–७ फाइटर बम्बर केजे–२०० एडव्लुब्सीएस विमान तथा स्थलसेनाको संयुक्त अभ्यास गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।