काठमाडौं– भूमिसुधार तथा मालपोत भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई ४० हजार दिनु भनी घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । आयोग टोलीले सेवाग्राहीबाट ४० हजार रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।