स्तानबुल- टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ वकिललाई जेल चलानको फैसला सुनाएको छ।
सन् २०१६ को जुलाईमा शिक्षकद्वय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गरेका थिए। सार्वजनिक क्षेत्रमा जागिर गरेकाहरु मध्ये झन्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ।
आतंकबादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरुलाई जेल चलान गरिएको थियो। गत सेप्टेम्बर १४ मा उनीहरूलाई अदालतमा बोलाइएकोमा उनीहरु स्वास्थ्यका कारण अनुपस्थित भएका थिए।
जनताको अधिकार नामक संस्थाको तर्फबाट १६ जना वकिलले पालैपालो बहस गरेका थिए। उनीहरूसँगको बहस सकिएपछि इस्तानबुल अदालतले आतंकवादी समूहको सदस्य भएको भन्दै १४ जना वकिललाई जेल पठाउने आदेश दिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।