काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले टुँडिखेल भित्रको सैनिक मञ्चको रेखदेख र व्यवस्थापनको जिम्मा महानगरपालिकाबाट हुने गरी व्यवस्थापन मिलाउन आवश्यक समन्वय हुनेपर्ने बताएकी छन्।
खड्गीको नेतृत्वमा प्रशासन विभागिय प्रमुख, सहरी पूर्वाधार विकास विभाग तथा नगर प्रहरी महाशाखाका प्रतिनिधिसहतिको टोलीले टुँडिखेल रानी पोखरी क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन गर्दै महानगरपालिका प्रमुख प्रशासकीयलाई सम्बोधन गर्दै लेखेको पत्रमा सैनिक मञ्चको रेखदेख महानगरबाट हुने गरी समन्वयन हुन पर्ने उल्लेख छ।
साथै खड्गीको टोलीले महानगरपालिका प्रशासकीय प्रमुखलाई ७ बुँदे सुझाव समेत दिएको छ। धरहरा पन्छाउँदा र हुलाक कार्यालय भत्काउँदाको माटो, इँटा तथा अन्य सामानको थुप्रो टुँडिखेलबाट हटाउन पर्ने, दरबार स्कुल निर्माणको चिनियाँ ठेकेदारले आगेटेको खुल्लामञ्चको पश्चिम पट्टिको ठाउँ पूर्ववत खुल्लामञ्चकै रुपमा कायम गर्नु पर्ने, खुल्ला मञ्चमा सवारी पार्किङ निषेध तथा अनुमति नलिकन बनाइएका ठहर तत्काल हटाउनु पर्ने लगायतका विषय ७ बुँदामा समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।