राजविराज- भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको करिब २ लाख मूल्य बराबरको कपडा सप्तरी प्रहरीले नियन्त्रण लिएको छ।
सप्तकोशी नगरपालिका ४ स्थित बलार्दह र डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा चौकबाट कपडा नियन्त्रणमा लिइएको हो। प्रहरी चौकी फत्तेपुर तथा इलाका प्रहरी कार्यालय पातो र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले सामान बराबद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीको गस्ती टोलीलाई देखेपछि सामान छोडेर संलग्न व्यक्ति फरार भएको उनले जनाएका छन्। बरामद भएको सम्पूर्ण सामान राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।