• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'बोक्सी'को आरोपमा राधामाथि बर्बर यातना, गाउँलेसँगै प्रहरी पनि मूकदर्शक

64x64
नेपाल लाइभ शनिबार, फागुन २६, २०७४  ०६:०२
1140x725

धनगढी– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलिया गाउँ। बिहीबारको दिन। बिहानको ७ बज्दै थियो। किसान जोखन चौधरीकी १८ वर्षीया छोरी राधा घर नजिकै गोठमा गोबर सोहोरेर घर फर्किँदै थिइन्। एक्कासि ६/७ जनाको समूह उनको घरमा आइपुग्यो। उनीहरु एकाएक चर्को स्वरमा कराउन थाले– यही हो बोक्सी, समात्... समात्।

उनीहरूले राधालाई बलजफ्ती लछारपछार गर्दै ‘भोलेबाबा’को आश्रमतिर पुर्‍याए। 

भोलेबाबा (रामबहादुर चौधरी) को घरमा ठूलो संख्यामा छरछिमेकी, गाउँले रमितेका रूपमा चारैतिर घेरा बनाएर अघिदेखि नै बसेका थिए। करिब २० मिनेटको पैदल दुरीमा रहेको भोलेबाबाको घरमा घिसार्दै राधालाई पुर्‍याइयो। अनि सुरु भयो– एक्काइसौं शताब्दीमा मध्यकालको क्रूर, बर्बर र पाशविक कुकर्म। 

चारैतिर रमिते गाउँले, आफन्त तथा छरछिमेक। बीचको आँगनमा रोइकराइ गरिरहेकी राधा र, उनीमाथि पाशविक ढंगले कुटपिट गरिरहेकी ‘पार्वतती माता’। भोलेबाबाकी सहयोगी ‘पार्वती माता’ ले राधामाथि निरन्तर कुटपिट गरिरहिन्। रमितेहरू रमिता हेरिरहे। 

झन्डै आधा घन्टा ‘पार्वती माता’को उन्मादपूर्ण कुटपिटपछि राधा थिलथिलो भइसकेकी थिइन्। तर,  न उनीहरुले राधाको चित्कार सुने न अनुनय विनय। यातना रोकिएन। ‘पार्वती माता’ एकाएक भुइँमा उत्तानो पारेर बर्बराउन थालिन्। अब त्यहाँ काँप्दै, नाँच्दै ‘भोलबाबा’ को प्रवेश भयो। अनि भोलेबाबाले सुरु गरे आफ्नो 'क्रूर कारबाही'। कुनै निर्जीव वस्तुलाई हिर्काएझैं उनले न्वारानदेखिको बल लगाउँदै राधामाथि लात्तीघुस्सा प्रहार गरिरहे। राधाले रोइकराइ गरिरहिन्। हारगुहार मागिरहिन्।

आफूले कुनै गल्ती नगरेको भन्दै नकुट्न बिन्तीभाउ गरिरहिन् तर भोलेबाबाको क्रूरतामा रत्तिभर कमी आएन। निरन्तरको यातनाबाट राधा बेहोस भइन्। तर, भोलेबाबाहरूले ‘बोक्सी’ भगाउन ६ घन्टासम्म पाशविक यातना दिइरहे। 

बिहीबार संसारभरिका महिलाले १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए। महिलामाथि हुने विभेद र हिंसा रोक्नुपर्ने गगनभेदी नारा घन्किरहेका थिए। महिला अधिकारबारे ठूल्ठूला गोष्ठी, छलफल, र्‍यालीसहितका कार्यक्रम आयोजना भइरहेका थिए। यता  देउकलियामा भने राधा ‘बोक्सी’को आरोपमा बर्बर यातना सहन बाध्य भइरहिन्।

गाउँले सबै मूकदर्शक
कक्षा ११ की विद्यार्थी राधामाथि २६ वर्षीय भोलेबाबा र उनकी सहयोगी पार्वतीमाता चौधरीबाट सभ्य समाजलाई नै लाज लाग्ने गरी पाशविकता प्रदर्शन भइरह्यो तर कोही कसैले पनि त्यसको प्रतिकार गर्ने चासोसम्म देखाएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई किन सबैले चिच्याएर बोक्सी भन्दै लछापछार गरेर लिँदैछन् भन्ने मैले ठम्याउनै सकिन,’ शुक्रबार सेती अञ्चल अस्पतालको बेडबाट मलिन स्वरमा राधाले भनिन्, ‘मलाई केही बोल्ने मौका पनि दिएनन्। भोलेबाबाकहाँ पुग्दा आश्रमको बाहिर ठूलो संख्यामा मान्छे भेला भएका थिए। उनीहरूको बीचमा भोलेबाबा र पार्वती माताले बोक्सीको आरोप लगाउँदै निर्घात कुट्न थाले। तर, त्यहाँ भएका सबै रमिते मात्रै बने, कसैले पनि विरोध गरेनन्।’ 

अस्पतालमा उपचार गराइरहेकी राधालाई आफूमाथि किन यत्रो यातना दिइयो भन्ने अहिलेसम्म भेउ पाउन सकेकी छैनन्। 'मेरो केही गल्ती छैन? के गल्ती गरेँ र? नमार्नुस् भनेर दस औंला जोडेर बिन्ती गरेँ,’ उनले गहभरी आँसु पार्दै भनिन्, ‘तर न भोलेबाबा न पार्वती माता अथवा अरूले कसैले पनि मेरो पुकार सुनेनन्।’

भोलेबाबा र पार्वती माताको निर्घात कुटाईबाट बेहोस भएकी राधालाई केही व्यक्तिले एक बजेपछि उद्धार गरेर एम्बुलेन्सबाट घोडाघोडीस्थित सुखड इलाका प्रहरी कार्यालयमा पुर्‍याए। उद्धारमा संलग्न व्यक्तिहरूले प्रहरीलाई भोलेबाबाको कर्तुतबारे बताउँदै कारबाहीको माग गरे।

उनीहरूले भने, ‘तर, प्रहरीसामु भोलेबाबाले उल्टै आफूलाई ‘भगवान्’ भन्दै पुन: राधामाथि जाइलागे। प्रहरी पनि मूकदर्शक बनिरहे। उल्टै कति प्रहरीले रामबहादुरलाई ‘भोलेबाबा’ भन्दै खुट्टामा ढोग्न पुगे ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राधाकी आमा फूलकेसरीले बिहीबार नै भोलेबाबाविरुद्ध सुखड प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा इन्कार गरेको बताइन्। उनले भनिन्, ‘प्रहरी, गाउँले कसैले पनि सहयोग गरेनन्।’ भोलेबाबा भने अहिले पनि आफूलाई ‘भगवान्’को अवतार भएको धाक लगाइरहेका छन्।  

राधाको अवस्था गम्भीर 
बोक्सी आरोपमा कुटपिट गरिएकी राधाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ। राधाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भए पनि उनलाई मानसिक समस्या भएको राधाको उपचारमा संलग्न चिकित्सकले बताए। 

स्थानीय राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययरत राधाका बुबाआमासहित दुई दाजुभाइ तथा एक बहिनी छन्।

अर्धबेहोस अवस्थामा घोडाघोडी अस्पतालमा उपचार गराइरहेकी राधालाई शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग धनगढीका निमित्त निर्देशक दीपकजंगध्वज कार्कीसहितको अधिकारकर्मीको टोलीले उद्धार गरेर धनगढी ल्याएको हो। 

बोक्सी आरोप लगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको र घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले बताए। 

रामबहादुरविरुद्ध सुखड इलाका प्रहरी कार्यालयमा राधाका बुबा जोखन चौधरीले मुद्दा दर्ता गराएका छन्। घटनाको अनुसन्धान गरी घटनामा संलग्न कसैलाई नछोड्ने डिएसपी बोहराले बताए।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्