विराटनगर- सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण सीमा नाका बन्द गरिएको छ। शुक्रबार साँझ ६ बजेदेखि ४८ घण्टाका लागि नाका सिल गरिएको हो।
अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आइतबार साँझ ६ बजेसम्म आवागमन पूर्णरुपले बन्द हुने मोरङका प्रजिअ रामप्रसाद आचार्यले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।