भक्तपुर–दुई दिनअघि भक्तपुरबाट हराएका एक युवक शुक्रबार चितवनमा भेटिएका छन्। रुकुम स्थायी घर भएका १६ वर्षिय शिशिर पुन शुक्रबार चितवनमा भेटिएका हुन्।
उनले आफु अपहरणमा परेको भन्दै आफन्तलाई फोन गरेका थिए। आफन्तले प्रहरीमा खबर गरेपछि उनको खोजी सुरु भएको थियो। बिहिबार उनको लोेकेसन हेटौडा देखिएको थियो। शुक्रबार आफुलाई अपहरणकारीहरुले जंगलमा छाडेको उनले बताएका छन्। अपहरणमा परेको सूचना आएपछि महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान सुरु गरेको थियो।
हराएका युवकले आफ्नै मोबाइलबाट अपहरणमा परेको भन्दै परिवारलाई फोन गरेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। हराएका युवक शुक्रबार भेटिएको र सोधपुछ बाँकी नै भएकाले घटनाको बास्तविकता नखुलेको भक्तपुरकी एसपी किरण राणाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।