तेहरान- इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरोधी भनाइप्रति आलोचना गरेका छन्।
अमेरिकी राष्ट्रपतिद्वारा इरानका बारेमा दिएको प्रतिक्रियालाई खामेनीले नालायक, मूर्ख तथा बिलकुल झुटो अभिव्यक्तिको संज्ञा दिएको इरानको प्रेस टिभीले जनाएको छ।
अमेरिकामा भइरहेको संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले इरानका विरुद्ध दिएको झुटो अभिव्यक्तिले अमेरिकाको प्रतिष्ठामा प्रश्नचिन्ह खडा गरेको उनको भनाइ छ।
खामेनीले इरानका विज्ञहरूको सभालाई सम्बोधन गर्दै अमेरिकी प्रबुद्धहरुले ट्रम्प जस्ता व्यक्ति राष्ट्रपति भएकोमा लाज मान्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।