त्रिपोली- लिबियाको पश्चिमी क्षेत्रमा आप्रवासी चढेको डुंगा डुब्दा एक सयभन्दा बढी यात्रु बेपत्ता भएका छन्।
उद्धारकर्ताहरुले ७ जनालाई भने जीवितै उद्धार गरेको लिबियन नौसेनाले बिहीबार जनाएको छ। शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुंगा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
गत हप्ता पनि तटरक्षकहरूले ३ हजारभन्दा बढी आप्रवासीलाई उद्धार गरेका थिए। उनीहरुलाई तटरक्षकले उद्धारपछि युरोपतिर तारिदिएका थिए भने अरु २ हजार जनालाई इटलीमा पुर्याएको थियो।
लिवियाबाट एक हप्तामै यति धेरै बाहिरिएको सम्भवतः पहिलो पटक भएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।