• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कसरी गर्ने दुखाइ व्यवस्थापन?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  ०८:३०
1140x725

काठमाडौं- दुखाइ व्यवस्थापन चिकित्साशास्त्र अन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ठ विधा हो, जसले दुखाइसम्बन्धी अन्तरविभागीय दृष्टिकोण समावेश गर्छ। यसले दुखाइ कम गर्छ र दीर्घकालीन दुखाइ (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि जीवनको गुणस्तर सुधार गर्छ। शारीरिक र भावनात्मक असक्षमता तथा यसको उचित व्यवस्थापनको अन्योलका कारण दीर्घकालीन दुखाइलाई स्वास्थ्य संकटको रूपमा समेत लिइन्छ।

विभिन्न तथ्यांकको आधारमा भन्ने हो भने दीर्घकालीन दुखाइ विश्वका धेरै क्षेत्रमा अशक्तताको प्रमुख कारणमध्ये एक हो। यसले मानिसको दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई बाधा पुर्‍याउन सक्छ।

दुखाइका कारण स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा महत्वपूर्ण अवरोध हुनु सामान्यप्रायः छ। दीर्घकालीन दुखाइका बिरामीले यौनक्रिडामा असफलता र कम ऊर्जाको जिकिर गर्छन्। दुखाइ हुँदा बिरामीले प्रायजसो भावनात्मक पीडाका लक्षणहरू देखाउँछन्। उदासिनता, चिन्ता, र चिढचिडाहट लगायतका समस्याको साथ प्रस्तुत हुने गर्छन्।

लामो समयदेखि दुखाइ भएका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुन्छ। फलतः यसको जटिलताका कारण विकराल मनोरागको रुपमा प्रस्तुत हुन सक्छ ।

नाडीको चाल, रक्तचाप, श्वासप्रश्वास दर तथा शरीरको तापक्रमपछि दुखाइलाई चिकित्सकीय जाँचमा पाँचौ महत्वपूर्ण शरीरिक संकेतको रूपमा समेत लिइन थालिएको छ। बिरामीहरु चिकित्सकलाई भेट्न आउनुमा दुखाइ एक महत्वपूर्ण कारण हुने गरेको छ। वास्तवमा दुखाइ नभएसम्म बिरामी चिकित्सकको सम्पर्कमा नआएको कयौं उदाहरण हाम्रो समाजमा व्याप्त छ।

यो अनुमान गरिएको छ कि, प्रत्येक तीनमध्ये एक व्यक्तिले आफ्नो जीवनकालको कुनै न कुनै समयमा दीर्घकालीन पीडा अनुभव गर्छ। आकस्मिक कक्षमा आउने बिरामीमध्ये करिब २१ प्रतिशत बिरामी दीर्घकालीन दुखाइका कारण आउने गरेको एक तथ्यांकले देखएको छ भने वार्षिक रुपमा २५ प्रतिशत दिन कार्य गर्न असक्षम रहेको देखाएको छ। प्रत्यक्ष र अप्रत्यक्ष प्रभावलाई मध्यनजर गर्ने हो भने दीर्घकालीन दुखाइ कुनै पनि स्वास्थ्य अवस्थाको ठूलो आर्थिक बोझको रुपमा रहने गर्छ। 

दीर्घकालीन दुखाइ  (क्रोनिक पेन) लाई यसको पर्याप्त मूल्यांकन र व्यवस्थापनको लागि एक बहुआयामिक दृष्टिकोण र प्रयास आवश्यक पर्छ। सामान्यतः दुखाइसम्बन्धी रोगको दुखाइ निको हुन बढीमा लाग्ने तीन महिनाको उपचार समयभन्दा पनि बढी समयसम्म हुने दुखाइलाई  दुखाइ अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय संघ (आइएएसपी) ले दीर्घकालीन दुखाइको रुपमा परिभाषित गरेको छ।

दुखाइ व्यवस्थापनमा औषधि–उपचार, मनोवैज्ञानिक मूल्यांकन र उपचार, अन्तरक्रियात्मक दुखाइ निदान प्रक्रियाहरू, व्यावसायिक उपचार र रिह्याबिलिटेसन उपचार पद्धतिहरुको प्रयोग गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तरदेशीय विभिन्न प्रविधीका रुपमा मेरुदण्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई (स्पाइन इन्जेक्सन), स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू), जोर्नीहरुमा लगाइने सुई, मेरुदण्डको रहको स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूलाई दीर्घकालीन दुखाइ निदानका प्रविधिको रुपमा प्रयोग गर्ने गरेका छन्। यी सबै प्रविधि सी-आर्म वा अल्ट्रासाउन्ड मार्गदर्शनको साथमा गर्ने गरिन्छ।

अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रियाले तुरुन्त दुखाइमा राहत प्रदान गर्छ। दुखाइ निदान विषयका सम्बन्धित विशेषज्ञ चिकित्सकहरू यस्ता दीर्घकालीन दुखाइ निदानका क्रममा अपनाइने अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रिया गर्दा बिरामीलाई बेहोस नबनाई तथा बाहिर बिरामीहरुलाई समेत सहजताका साथ गर्न सकिन्छ।

अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रियाहरू दुवै औषधी र शल्यक्रियामा भरपर्ने भएकोले अन्य औषधीजस्तो साइड इफेक्ट हुने खतरा रहँदैन। दुखाइका लागि गरिने शल्यक्रियाहरु अब सीमित हुनेछन् र सामान्यतया यस्ता शल्यक्रियालाई अन्तिम उपायको रूपमा लिइने छ।

दीर्घकालीन दुखाइको लागि अन्तरविषयात्मक उपचार पद्धति अन्तर्गतको चिकित्सकीय उद्देश्यहरूमा पीडाको तिव्रता घटाउनु, शारीरिक गतिविधी बढाउनु, दुखाइ नियन्त्रण गर्नु, बिरामीलाई काममा फर्किनसक्ने बनाउनु, मनोवैज्ञानिक सुधार ल्याउनु र स्वास्थ्य सेवाहरूको कम प्रयोग गराउने वातावरण बनउनु समावेश रहेको छ।

Xtrem

Xtrem

हाम्रो देशमा पनि दीर्घकालीन दुखाइको समस्या व्याप्त रहेकोले यस्ता समस्याको पहिचान समयमा नै गर्न सकेमा सम्बन्धित विशेषज्ञ चिकित्सकको परामर्शमा विभिन्न उपचारका पद्धति मार्फत सहज बनाउन सकिने छ।


(डा रिजाल पेन स्पेसलिस्ट हुन्)

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्