• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कसरी गर्ने दुखाइ व्यवस्थापन?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  ०८:३०
1140x725

काठमाडौं- दुखाइ व्यवस्थापन चिकित्साशास्त्र अन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ठ विधा हो, जसले दुखाइसम्बन्धी अन्तरविभागीय दृष्टिकोण समावेश गर्छ। यसले दुखाइ कम गर्छ र दीर्घकालीन दुखाइ (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि जीवनको गुणस्तर सुधार गर्छ। शारीरिक र भावनात्मक असक्षमता तथा यसको उचित व्यवस्थापनको अन्योलका कारण दीर्घकालीन दुखाइलाई स्वास्थ्य संकटको रूपमा समेत लिइन्छ।

विभिन्न तथ्यांकको आधारमा भन्ने हो भने दीर्घकालीन दुखाइ विश्वका धेरै क्षेत्रमा अशक्तताको प्रमुख कारणमध्ये एक हो। यसले मानिसको दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई बाधा पुर्‍याउन सक्छ।

दुखाइका कारण स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा महत्वपूर्ण अवरोध हुनु सामान्यप्रायः छ। दीर्घकालीन दुखाइका बिरामीले यौनक्रिडामा असफलता र कम ऊर्जाको जिकिर गर्छन्। दुखाइ हुँदा बिरामीले प्रायजसो भावनात्मक पीडाका लक्षणहरू देखाउँछन्। उदासिनता, चिन्ता, र चिढचिडाहट लगायतका समस्याको साथ प्रस्तुत हुने गर्छन्।

लामो समयदेखि दुखाइ भएका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुन्छ। फलतः यसको जटिलताका कारण विकराल मनोरागको रुपमा प्रस्तुत हुन सक्छ ।

नाडीको चाल, रक्तचाप, श्वासप्रश्वास दर तथा शरीरको तापक्रमपछि दुखाइलाई चिकित्सकीय जाँचमा पाँचौ महत्वपूर्ण शरीरिक संकेतको रूपमा समेत लिइन थालिएको छ। बिरामीहरु चिकित्सकलाई भेट्न आउनुमा दुखाइ एक महत्वपूर्ण कारण हुने गरेको छ। वास्तवमा दुखाइ नभएसम्म बिरामी चिकित्सकको सम्पर्कमा नआएको कयौं उदाहरण हाम्रो समाजमा व्याप्त छ।

यो अनुमान गरिएको छ कि, प्रत्येक तीनमध्ये एक व्यक्तिले आफ्नो जीवनकालको कुनै न कुनै समयमा दीर्घकालीन पीडा अनुभव गर्छ। आकस्मिक कक्षमा आउने बिरामीमध्ये करिब २१ प्रतिशत बिरामी दीर्घकालीन दुखाइका कारण आउने गरेको एक तथ्यांकले देखएको छ भने वार्षिक रुपमा २५ प्रतिशत दिन कार्य गर्न असक्षम रहेको देखाएको छ। प्रत्यक्ष र अप्रत्यक्ष प्रभावलाई मध्यनजर गर्ने हो भने दीर्घकालीन दुखाइ कुनै पनि स्वास्थ्य अवस्थाको ठूलो आर्थिक बोझको रुपमा रहने गर्छ। 

दीर्घकालीन दुखाइ  (क्रोनिक पेन) लाई यसको पर्याप्त मूल्यांकन र व्यवस्थापनको लागि एक बहुआयामिक दृष्टिकोण र प्रयास आवश्यक पर्छ। सामान्यतः दुखाइसम्बन्धी रोगको दुखाइ निको हुन बढीमा लाग्ने तीन महिनाको उपचार समयभन्दा पनि बढी समयसम्म हुने दुखाइलाई  दुखाइ अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय संघ (आइएएसपी) ले दीर्घकालीन दुखाइको रुपमा परिभाषित गरेको छ।

दुखाइ व्यवस्थापनमा औषधि–उपचार, मनोवैज्ञानिक मूल्यांकन र उपचार, अन्तरक्रियात्मक दुखाइ निदान प्रक्रियाहरू, व्यावसायिक उपचार र रिह्याबिलिटेसन उपचार पद्धतिहरुको प्रयोग गरिन्छ।

Ncell 2
Ncell 2

अन्तरदेशीय विभिन्न प्रविधीका रुपमा मेरुदण्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई (स्पाइन इन्जेक्सन), स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू), जोर्नीहरुमा लगाइने सुई, मेरुदण्डको रहको स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूलाई दीर्घकालीन दुखाइ निदानका प्रविधिको रुपमा प्रयोग गर्ने गरेका छन्। यी सबै प्रविधि सी-आर्म वा अल्ट्रासाउन्ड मार्गदर्शनको साथमा गर्ने गरिन्छ।

अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रियाले तुरुन्त दुखाइमा राहत प्रदान गर्छ। दुखाइ निदान विषयका सम्बन्धित विशेषज्ञ चिकित्सकहरू यस्ता दीर्घकालीन दुखाइ निदानका क्रममा अपनाइने अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रिया गर्दा बिरामीलाई बेहोस नबनाई तथा बाहिर बिरामीहरुलाई समेत सहजताका साथ गर्न सकिन्छ।

अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रियाहरू दुवै औषधी र शल्यक्रियामा भरपर्ने भएकोले अन्य औषधीजस्तो साइड इफेक्ट हुने खतरा रहँदैन। दुखाइका लागि गरिने शल्यक्रियाहरु अब सीमित हुनेछन् र सामान्यतया यस्ता शल्यक्रियालाई अन्तिम उपायको रूपमा लिइने छ।

दीर्घकालीन दुखाइको लागि अन्तरविषयात्मक उपचार पद्धति अन्तर्गतको चिकित्सकीय उद्देश्यहरूमा पीडाको तिव्रता घटाउनु, शारीरिक गतिविधी बढाउनु, दुखाइ नियन्त्रण गर्नु, बिरामीलाई काममा फर्किनसक्ने बनाउनु, मनोवैज्ञानिक सुधार ल्याउनु र स्वास्थ्य सेवाहरूको कम प्रयोग गराउने वातावरण बनउनु समावेश रहेको छ।

हाम्रो देशमा पनि दीर्घकालीन दुखाइको समस्या व्याप्त रहेकोले यस्ता समस्याको पहिचान समयमा नै गर्न सकेमा सम्बन्धित विशेषज्ञ चिकित्सकको परामर्शमा विभिन्न उपचारका पद्धति मार्फत सहज बनाउन सकिने छ।


(डा रिजाल पेन स्पेसलिस्ट हुन्)

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र
सम्बन्धित सामग्री
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र सोमबार, फागुन ४, २०८२
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने सोमबार, फागुन ४, २०८२
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक आइतबार, फागुन ३, २०८२
मतदाता भेट्न ओली आज झापा जाँदै,विमानस्थलको सुरक्षा व्यवस्था कडा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्