काठमाडौं- 'समानताका लागि बुलन्द आवाज' नारा लिएर चैतमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना शुभकामना दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार महिला दिवसको अवसर पारेर भएको भेट कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
आरोही टोलीका सदस्यहरुले प्रधानमन्त्री ओलीसमक्ष सगरमाथा आरोहणको दस्तुर मिनाहा साथै सरकारका तर्फबाट आर्थिक सहयोग माग गरेका थिए।
आरोहण टोलीमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।