एजेन्सी- अन्डरवर्ल्ड डन दाउद इब्राहिमका निकट साथी फारुक टकला दुबईमा पक्राउ परेका छन्। सन् १९९३ मा भएको मुम्बई विस्फोटका आरोपीमध्येका एक रहेका उनलाई पक्राउपछि मुम्बई ल्याइएको छ।
मुम्बई विस्फोटपछि भारतबाट भागेका फारुक विरुद्ध १९९५ मा रेड कर्नर नोटिस जारी गरिएको थियो। दुबईमा पक्राउ परेपछि उनलाई बिहीबार बिहान एयर इन्डियाको विमानबाट मुम्बई ल्याइएको हो।
फारुकलाई अब अदालतमा पेश गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
के थियो घटना?
१२ मार्च १९९३ मा मुम्बईमा शृंखलाबद्ध रुपमा १२ वटा विस्फोट भएको थियो। विस्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो। घटनामा ७ सयभन्दा बढी मानिस घाइते भएका थिए।
सो घटनामा १ सय २९ जना विरुद्ध मुद्दा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।