• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आत्महत्या गर्न सक्ने खतरा कसरी चिन्ने ?

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  १९:१६
1140x725

डा. कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक - जानीजानी, आफुखुशी अर्थात कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । ‘आत्महत्या’ शब्दले आत्माको हत्या जनाउँछ । तर ‘आत्मा’ को हत्या गर्न सम्भव छैन । स्वयंले गरेको शरीर हत्यालाई नै आत्महत्या भन्ने गरिन्छ ।

सवै मानिसहरु बाँच्न चाहन्छन्, सुख चाहन्छन्, घुमफिर गर्न चाहन्छन्, प्रेम गर्न चाहन्छन््, पैसा कमाउन चाहन्छन् आदी आदी । मानवीय इच्छा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पुरा गर्न चाहन्छन् । मानिसहरु शरीरमा पिडाहुँदा दुखाई कम गर्न चाहन्छन् । विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन् । अर्थात मानिसहरु बाँच्न चाहन्छन् । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन् ? यो गम्भिर प्रश्न हो ।

सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन् । तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन् ।

आत्महत्या मानिसहरु किन गर्छन् होला ? भनेर धेरै अध्ययनहरु भएका छन् र आत्महत्याका धेरै कारणहरु पनि भेटिएका छन् । रिस थाम्नै नसकेर पनि मानिसले अरुको ज्यान लिन पनि सक्छ र आत्महत्या गरेर आफ्नो ज्यान दिन पनि सक्छ ।

सहन नसक्ने घटना वा समाचारको कारण पनि आत्महत्या हुने गरेका छन् । निको नहुने वा उपचार हुन नसक्ने रोग लागेर पनि आत्महत्या हुने गरेका छन् । इज्जत लुटिँदा, ज्यादै अपमानित हुनु पर्दा, आर्थिक हानी नोक्सानी र प्रेममा असफल हँुदा पनि आत्महत्या भउका छन् । निश्चित रुपमा के भन्न सकिन्छ भने, प्रत्येक आत्महत्याका घटना खास कारणले हुन्छन् । ती कारणहरु प्रष्ट हुन पनि सक्छन् या थाहा पाउन नसकिने खालका पनि हुन सक्छन् ।

विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार प्रत्येक वर्ष संसारका नौ देखि १० लाख मानिसहरु आत्महत्या गरेर ज्यान फाल्छन् । के उनीहरुको ज्यान बचाउन सकिन्थ्यो होला ?

नेपालमा पहिले गरिएको एउटा अध्ययन अनुसार प्रत्येक एक लाख जनसंख्यामा नौदेखि दस जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । अर्थात प्रत्येक वर्ष दुई हजारदेखि तीन हजार व्यक्तिले नेपालमा आत्महत्या गर्ने सम्भावना देखिन्छ ।

तर सन २०१५ को अर्को एउटा रिपोर्ट अनुसार नेपालमा वर्षेनी करिव ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्छन् अर्थात एक लाखमा करिव २५ जनाले आत्महत्या गर्छन् । यो तथ्याङ्कले आत्महत्याले जनस्वास्थ्य समस्याको रुप लिइ सकेको देखाउँछ ।
अव आत्महत्याका कारणहरु वारे केहि चर्चा गरौं । विभिन्न अध्ययनहरुले आत्महत्याको मुख्य कारणमा केहि मानसिक रोगहरु हुन् भन्ने देखाएका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

आत्महत्या हुने कारण त धेरै छन् । तर ति मध्ये करिव ७० देखि ८० प्रतिशत आत्महत्याका कारण तल उल्लेखित रोग र समस्याहरु हुन् । जसलाई बेलैमा उपचार गरेर आत्महत्या कम गर्न सकिन्छ ।

१)  डिप्रेसन एक प्रकारको मानसिक रोग हो । डिप्रेसनमा मन उदास हुने, कुनै कुरामा चाख नलाग्ने र शरीर अत्यन्त शिथिल र कमजोर भएको अनुभव हुन्छ । कुनै कुरामा पनि चाख नलाग्ने भन्नाले वोल्न, हाँस्न, रमाउन, कुरा गर्न, खान, लाउन, प्रेम गर्न आदीमा चाख लाग्दैन । रोग छिप्पिदै गएपछि बाँच्न पनि इच्छा लाग्दैन र मर्न पाए हुन्थ्यो भन्ने विचार वारम्वार आउँछ । कसरी मर्ने वा आत्महत्या गर्ने भन्ने सोचाइ जति बलियो हुदै जान्छ त्यति बेला आत्महत्या गर्ने सम्भावना वढ्छ ।

२)  रक्सिको लत लागिसकेपछि पारिवारिक, सामाजिक, आर्थिक र स्वास्थ्य सम्वन्धि समस्याहरुले यति बढी पिरोल्न थाल्छन् कि केहि प्रतिशत व्यक्तिहरुले रक्सि छाड्न पनि सक्दैनन्, आफ्नो समस्या सुल्झाउन पनि सक्दैनन् र आत्महत्याको वाटो रोज्छन् ।

३)  केहि दिर्घरोगहरु जस्तै धेरै दुख्ने खालको वाथरोग, केहि क्यान्सरहरु, नियन्त्रण नभएको छारे रोग, एचआइभी/एड्स लगायतका पिडितहरुले पनि आत्महत्या गर्ने डर हुन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४) किशोर/किशोरीहरु जसले पढाईमा चाहेजति राम्रो गर्न सक्दैनन् वा वावु आमाको अझ राम्रो गर, सबैभन्दा राम्रो बन्नु पर्छ, हामीले यतिका पैसा तेरो पढाईमा लगानी गरेका छौं, हाम्रो इच्छा पुरा गर्नु प¥यो जस्ता मनोभावनामा ठेस पुग्ने दबाबले पनि आत्महत्या गर्ने सम्भावना बढ्छ । यस्तो दबाबमा उनीहरुलाई राम्रो गर्न नसकेकोमा हिन भावना उत्पन्न हुन्छ, आफ्नो भविष्य छैन जस्तो लाग्छ अनी आत्महत्या गर्छन् ।

५) वैवाहिक जीवन असफल, पिडा दायक, यातना दिने खालको परिवार र कतैबाट जीन्दगी जीउने आधार भेटिएन भने आत्महत्याको वाटो रोज्ने सम्भावना वढी हुन्छ । अर्थात लगातारको मानसिक तनावका कारण पनि मानिस आत्महत्या गर्न अग्रसर हुन्छ ।

विभिन्न अध्ययनहरुले आत्महत्याको प्रयास गर्ने मध्ये झण्डै १६ प्रतिशत जतिले केहि वर्ष भित्रै फेरी आत्महत्याको प्रयास गर्छन् भन्ने देखाएको छ । आत्महत्याको प्रयास गर्नेहरुको कारण पत्ता लगाई उपचार वा समस्या समाधान गर्दा आत्महत्या घटाउन सकिन्छ । आजकल किशोर–किशोरीहरुमा पनि आत्महत्याका घटना देखिन थालेका छन्, यो पनि धेरै चिन्ताको विषय हो । किशोर–किशोरीहरुमा आत्महत्याको कारण भावनात्मक पिडा मानिन्छ र यसतर्फ परिवार र स्कुलको वातावरण तर्फ ध्यान जानु पर्छ ।

आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?

–    आत्महत्या गर्ने विचार वारम्वार मनमा आउन लागेपछी त्यस्ता व्यक्तिले  कुनै रुपमा आफ्नो विचार पोक्छन् । जस्तै : जीवन निराश छ, अब भेट नहुन पनि सक्छ, जीवनको कुनै सार छैन, सपनाहरु कुनै सफल भएनन् आदि ।

 
–    कुनै निराश मानिसले विष, हातहतियार वा डोरी किनेर घरमा ल्याउँदा सजग हुनुपर्छ ।

–    जोखिममा रहेका व्यक्तिले आफ्ना महत्वपूर्ण सामग्रीहरु अरुलाई दिन वा वाड्न थाले भने पनि शंका गर्नु पर्छ ।

–    ठूलो आर्थिक संकटमा परेका, जागिर गएको वा डिभोर्स वा थुलै झगडा परेका मानिसहरु टोलाएर वस्न,े केहि काम गर्न नखोज्ने, अरुसँग घुलमिल नहुने आदि भए पनि शंका गर्नुपर्ने हुन्छ ।

–    यसैगरी पहिले आत्महत्याको प्रयास गरेका व्यक्तिल फेरी आत्महत्याको प्रयास गर्ने सम्भावना रहन्छ ।

आत्महत्यालाई कसरी रोक्न सकिन्छ ?

आत्महत्यालाई पूर्ण रुपमै रोक्न नसके पनि धेरै हदसम्म घटाउन भने सकिन्छ । आत्महत्याका कारण मानिने नकारात्मक असरहरु घटाउन सके आत्महत्याका घटना धेरै हदसम्म कम गर्न सकिन्छ । यसका लागि निम्न प्रयास गर्नु राम्रो हुने छ ।

१) मानसिक र सामाजिक स्वास्थ्यमा ध्यान दिने

विभिन्न मानसिक रोगहरु जस्तै डिप्रेसन, मानसिक असन्तुलन, मद्यपानको कुलत, लागूपदार्थ दुव्र्यसन, केहि दिर्घ रोगहरु, छारे रोग, एचआइभी÷एड्स आदिका कारण आत्महत्या हुने भएकाले यस्ता समस्याहरुको पहिचान गर्ने र उपचार सेवामा सुधार ल्याउने हो भने यिनै कारण हुने आत्महत्या घटाउन सकिन्छ ।

यसैरी महिलाहरुमा गर्भवती भएको बेला र बच्चा जन्मेको केहि हप्ता भित्र पनि आत्महत्या गर्ने सम्भावना अन्य महिलाको तुलनामा वढी भएको देखिएको छ । उपचार नपाएको डिप्रेसन यसको मुख्य कारण हुनु पर्छ भन्ने धेरै विशेषज्ञहरुको राय छ । गर्भवती भएको वेला महिला जचाँउन आउँदा र वच्चा जन्मेपछी ६ देखि ८ हप्तासम्म डिप्रेसन छ की छैन परिक्षण गर्नु नै यसरी हुने आत्महत्या घटाउने तरिका हो ।

२) रिसको झोकमा वा आवेगमा आएर तुरुन्तै आत्महत्या गर्ने वाहेक अन्य आत्महत्या गर्ने सोचाई अलिअलि गरेर आउने र विस्तारै वढ्दै जाने हुन्छ । अर्थात आत्महत्या गर्ने विचार आउँछ वा आउदैन सोधेर पनि पत्ता लगाउन सकिन्छ । आत्महत्या गर्ने विचार आएकाहरुलाई राम्रो उपचार र काउन्सिलिङ गर्न सके आत्महत्या रोक्न सकिन्छ ।

केही आमाले साना वच्चालाई मारेर आत्महत्या गर्ने गरेको पनि देख्न वा सुन्न पाइन्छ । यस्तो प्राय डिप्रेसनका कारणले हुन्छ । डिप्रेसनमा बाच्न मन लाग्दैन, भोक लाग्दैन र थकाई बढी लाग्छ । यस्ता आमाले मायाका बच्चाको हत्या गर्छन् । किनकी उनीहरुको मनमा आत्महत्या गर्ने सोच आउको हुन्छ । अनि उनीहरु म मरें भने बच्चाको हेरचाह कसले गर्छ ? बच्चादे दुःख पाउँछ भन्ने सोचाई राख्छन् र बच्चाको हत्या गर्छन् । त्यसैले यस्ता अमालाई समयमै उपचार गर्न सके शिशु र आमा दुबैको ज्यान जोगाउन सकिन्छ ।

आत्महत्या गर्नु अघि लेखिएको सुसाइड नोटको अध्ययन गर्दा धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन् । आत्महत्या गर्न चाहने  व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेको आत्महत्याको बाटो रोज्छ ।

आजकाल स्मृति ध्यानले आफ्ना भावनाहरु चिन्न, त्यसको व्यवस्थापन गर्न र भावनात्मक पिडाको निकास खोज्न धेरै सहयोग गर्छ र आत्महत्या घटाउन सकिन्छ भनेर स्मृति ध्यान सिकाइन्छ ।डिप्रेसन, चिन्ता रोग, लागूपदार्थ दुव्र्यसन, मद्यपानको उपचारसँगै स्मृति ध्यान पनि सिकाउने हो भने आत्महत्या कम गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्