हेटौंडा- प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त भएका छन्।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले वरिष्ठ अधिवक्ता न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन्। संविधानको धारा एक सय ६० को उपधारा २ अनुसार न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो।
मुख्यमन्त्री डोरमणि पौडेलले न्यौपानेलाई आफ्नो कानुनी सल्लाहकारमा सिफारिस गरेका थिए। न्यौपाने हेटौंडामा कानुन व्यवसाय गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।