काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्नेमा जोड दिएकी छन्।
त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले राज्यले महिला शिक्षामा जोड दिनुपर्ने बताइन्। 'हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न सक्छौँ,' उनले भनिन्।
महिला-पुरुष मिलेर बस्नु राम्रो हुने भन्दै यदि बस्न नसके सम्बन्ध विच्छेद गरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिइन्। महिला अधिकारकर्मीले विभिन्न कारणले पीडित भएका महिलालाई आर्थिक सहयोग गरेर माथि उठाउनुपर्ने उनको भनाइ थियो।
समान ज्याला, समान अधिकार, कामको निश्चित समय, काम गर्ने वातावरणको माग राख्दै अघि बढेको विश्व महिला मुक्ति आन्दोलन मार्च ८ अर्थात् आजका दिन १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा विश्वभर मनाइँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।