काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले देशको आर्थिक क्षेत्रलाई अगाडि बढाउन विश्वभर भएका अभ्यासहरुलाई समेत हेरिनु पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सेजनको २२औं स्थापना दिवस तथा अवार्ड वितरण कार्यक्रममा बोल्दै गभर्नरले पछिल्लो तीन वर्षयता देशको अर्थतन्त्र सुधार भइरहेको दाबी गरे। सेजन डेका अवसरमा दुईजना आर्थिक पत्रकार (छापा र विद्युतीय माध्यम) लाई पुरस्कृत समेत गरिएको थियो।
आर्थिक पत्रकारहरुले वर्षभरी लेखेको उत्कृष्ट समाचारहरुबाट छनोट गरी पुरस्कृत गरिएको हो।
विद्युतीय माध्यमबाट केदार दाहाल र छापा माध्यमबाट मातृका दाहाल जनही रु ५० हजार रूपैयाँ र सम्मान पत्रसहित पुरस्कृत भएका हुन्। त्यस्तै रमेश कुमार र राजु बास्कोटाले फेलोसिप प्राप्त गरेका छन्।
सेजनले लामो समयदेखि आर्थिक पत्रकारिता गरिरहेकालाई समेत सम्मान गरेको हो। सम्मानित हुनेहरुमा नितु पण्डित, शिव दुवाडी, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।