काठमाडौं- सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो अंकको सुधार देखिएको छ।
आइतबार परिसुचक ० दशमलव ०७ अंकले बढेर १ हजार १ सय १२ दशमलव ८५ अंक कायम भएको छ। १ सय ६१ वटा कम्पनीको ६ लाख ७५ हजार कित्ता सेयर ३ हजार ७ सय ३४ पटक खरिदबिक्री हुँदा २० करोड ६३ लाख १४ हजार रुपैयाँ बराबर मात्रै कारोबार भएको छ।
होटल समूह, जलविद्युत समूह, वित्त समूह, उत्पादन समूह, अन्य समूह र जीवन बीमा समुहको उपसुचक बढेको छ भने बाँकी सबै समूहको उपसुचक घटेको छ।
आइतबारको कारोबारमा सबैभन्दा धेरै नविल बैंक लिमिटेडको सेयर कारोबार भएको छ। नविल बैंकको १ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
सबैभन्दा धेरै कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९० प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।