काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार बसेको संसदीय दलको बैठकले दलको नेतामा यादवलाई सर्वसम्मत चयन गरेको हो।
फोरमले राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको छ। फोरमले नयाँ सरकारमा सहभागी हुने समेत निर्णय गरिसकेको छ।
यादवकै नेतृत्वमा फोरम नयाँ सरकारमा जाने नेताहरुले बताएका छन्। यादवलाई परराष्ट्र मन्त्रालयसहित सरकारमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरिसकेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।