काठमाडौं– नेपाली सेनाले महांकालमा निर्माण गरेको आधुनिक भवन ठेक्का पाएको कम्पनी पत्राचार भएको एक महिना बित्दा पनि सम्झौता गर्न नआएको नेपाली सेनाले जनाएको । कम्पनीलाई एक साताको म्याद थप गरी सम्झौता गर्न पत्राचार गरेको छ।
सो अवधिमा पनि ठेक्का पाएको एभरेष्ट ट्रेडर्स नामक कम्पनी नआएको दोस्रो तथा तेस्रो नम्बरको कम्पनीलाई पत्राचार गर्ने सेनाको तयारी छ। भवनको ठेक्काका लागि चन्द्र श्रेष्ठको एभरेष्ट ट्रेडर्सले सबैभन्दा धेरै भाडा दिने प्रस्ताव गरेको थियो। उसले वार्षिक ४ करोड १३ लाख रुपैयाँ दिने प्रस्ताव गरेको थियो।
त्यस्तै दोस्रो कम्पनीले ३ लाख ७५ हजार तथा तेस्रो कम्पनीले ३ लाख २२ हजारको प्रस्ताव गरेको छ। भाडा तिर्न गाह्रो हुने देखेपछि श्रेष्ठले सम्झौता नगरेको स्रोत बताउँछ।
सम्झौता गर्न नसकेपछि श्रेष्ठ टेण्डर नै रद्द गराउने चलखेलमा लागेका छन्।
सेनाले कल्याणकारी कोषबाट सो भवन निर्माण गरेको हो।
सेनाद्वारा बुधबार जारी बिज्ञप्तीमा भनिएको छ,‘ उक्त ट्रेडर्सलाई एक महिनाको समयावधी तोकी सम्झौताको लागि पत्राचार गरिएकोमा सम्बन्धीत ब्यक्ति सम्झौताको लागि नआएको र नियम वमोजिम पुनः सात दिन म्याद थप गरी पत्राचार गर्दा समेत सम्झौताको लागि मान्य अवस्था सहित नआएको हुँदा विधि र प्रकृया पुरा गरी कानुन बमोजिमका बिकल्पहरु अपनाउने प्रकृयामा रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।