काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रियसभामा सरकारबाट मनोनित ३ सांसदलाई सपथ लिन बाटो खुला गरिदिएको छ। सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई सपथ ग्रहणका लागि बाधा नपर्ने गरी आदेश दिएको हो।
यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनु भनी फागुन १३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनुनपर्ने आदेश सुनाएको हो।
आदेशमा भनिएको छ, 'संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलासतर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नू।'
सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसभामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीन सदस्यलाई नमोनित नगरी केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यलाई मनोनित गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो।
यस्तो छ आदेश



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।