काठमाडौं– कतार एयरवेजमा जागिर लगाइदिने तथा युरोप लगायतका देशमा रोजगारीका लागि पठाउने भनी ठगी गरेको आरोपमा समाखुसीस्थित सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक मकवानपुर भिमफेदी–१० का ३१ बर्षीय आर्यन लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
लामाले खोटाङ निर्मलीडाँडा–१ का हरिकाजी बस्नेत समेत ४ जनालाई स्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भन्दै बस्नेतबाट ३३ लाख लिई रोजगारीमा नपठाई ठगी गरेका थिए । पीडितले रकम माग गर्दा खातामा रकम मौज्दात नभएका सहकारी संस्थाको चेक दिई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा अनुसन्धानमा खटिएको महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं टेकुबाट लामालाई पक्राउ गरेको हो।
लामाले दोलखाका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी ३ लाख ५० हजार रुपैयाँ लिएको र पीडितलाई समेत सहकारी संस्थाकै चेक दिएकोमा रकम भुक्तानी लिन जाँदा सहकारीको खाता नै बन्द गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।